कम्युनिष्ट विरुद्धको सभामा कांग्रेस नेता भण्डारीले गरे जिल्ला नेतृत्वलाई खवरदारी

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय तनहूँले गरेको अनुरोधलाई वेवस्ता गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जब तनहूँ जिल्लाको सुँडेस्थित सेति नदिमाथि बनेको मोटरेवल पुल उद्घाटन गर्नुुभयो नेकपा कार्यकर्ताहरु बिधि र प्रक्रिया मिचेर काम गरेको भनेर त्यस्को विरुद्ध उत्रन पुगे जस्को फलस्वरुप प्रशासन कार्यालयले व्यास नगरपालिका वडा नं १, १० र ११ तालघरे दुम्सिचौर सडक अन्र्तगत बुल्दीखोलामा रहेको पुल उद्घाटन गर्ने कार्यक्रम राखेको दिनमा निश्चित क्षेत्रमा निषेधआज्ञा लगाउनु पर्ने स्थिति आयो , निषेज्ञआज्ञाको अवहेलना गर्दै उद्घाटन स्थल तर्फ जानुभयो नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ता पक्राउ पश्चात रिहा गरियो । काग्रेस किल्लाबाट लालकिला बनेको तनहूँ कांग्रेसलाई उर्जा मिल्यो, गुट उपगुटमा विभक्त कांग्रेसहरु कम्युनिष्ट सरकारको रवैया बिरुद्ध भन्दै एकजुट हुनुभयो । भव्य समारोहका बिच पुल उद्घाटन भयो । कम्युनिष्ट सरकार र तनहूँक्षेत्र नं. १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानलाई गाली गर्न अधिकांश समय खर्च गर्नुभएका कांग्रेसका नेताहरुले कार्यक्रममा सबैको मनमा रहेको खुल्दुली मेट्न सम्बोधन नै गर्नुभएन धेरैलाई लागेको थियो नेपाली कांग्रेसको महाअधिवेशन हुदैछ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आंकांक्षी हुनुहुन्छ आज शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल, धु्रर्व वाग्ले लगायतका नेताहरु जुटेको ठाँउमा सबैले जोडदार रुपमा भन्नुहुनेछ “पौडेलदाई हामी तनहूँवासी ज्यान दिएर तपाईलाई सभापति जिताउन लाग्छौ तपाई अगाडि बढ्नुस्” तर कार्याकर्ताको खुल्दुलीको उत्तर कसैले दिएन । “पौडेलदाई तपाई अगाडि बढ्नुस् हामी साथमा छौ ।” भन्ने शब्दसम्म उच्चारण गर्नुभएन तर त्यस्को विपरित नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्वमन्त्री एवं नवगठित तरुणदलका केन्द्रिय संयोजक शंकर भण्डारी र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य ध्रुर्व वाग्लेले घुमाउरो पारामा जिल्ला नेतृत्वलाई खवरदारी गर्न पनि छोड्नु भएन ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले केन्द्रको कुरा नगरिकन खुलेरै “पौडेलदाई र मेरो बिश्लेषणमा फरक होला तर जिल्ला नेतृत्व चुन्ने सवालमा हामी मिल्नुपर्छ र जिल्ला नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्छ, जालझेल तिकडम गरेर जिल्ला नेतृत्व चुन्न खोजियो भने त्यो कुरा शंकर भण्डारीलाई स्विकार हुदैन ” भनेर जोडदार रुपमा भन्नुभयो, वहाँले यस्तो भनिरहदा कार्यकर्ताले तालि बजाएर स्वागत गरेका थिए ।

त्यसैगरि संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य ध्रुर्व वाग्लेले “आज हाम्रा साथीहरु एन्जिओ कर्मचारी जस्तो भएको जनता र पार्टीप्रति उत्तरदायी पार्टीप्रति उत्तरदायी नबनेको कारण पार्टीमा आज कम्युनिष्टहरुले हेप्ने वातावरण बनेको” बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिएपछि आयोजना भएको सभामा कुनै पनि नेताले रामचन्द्र पौडेललाई आगामी अधिवेशनमा सभापतिको उमेदवार बन्नुपर्छ नभनिकन घुमाउरो पारामा जिल्ला नेतृत्व खबरदारी गर्नुलाई केन्द्रिय नेताहरु बिच जिल्लामा कस्लाई नेतृत्वमा कस्लाई ल्याउने भन्ने सवालमा भिडन्त भईरहेको अनुमान लगाईरहेकोछन् ।


कोरोना महामारी, क्रियाशल सदस्य वितरण विवादका बिच नेपाली कांग्रेसको महाधिवेशन हुने मिति पक्का नभएपनि तनहूँ कांग्रेसमा जिल्ला सभापति बन्ने दौडमा धेरै जिल्लाका धेरै नेताहरु लाग्नुभएको छ जसमध्ये नेपाली कांग्रेस तनहूँका पूर्व प्रवक्ता अशोककुमार श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, वर्तमान कार्यवाहक सभापति जितप्रकाश आले, उद्योगी व्यवसायी कृष्णराज पण्डित लगायतका नेताहरु हुनुहुन्छ । (भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?