रामचन्द्र पौडेल र व्यासका मेयर बैकुण्ठनाथ न्यौपानेबिच दुरी बढेको संकेत

  • ख-
  • ख+

तनहूँ । त्यसो त नेपाली कांग्रेस तनहूँका निवर्तमान् सभापति एवं व्यास नगरपालिकाका वर्तमान् मेयर बैकुण्ठनाथ न्यौपानेले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला आउदा बिशेषत व्यास नगरपालिकाक्षेत्रमा पाईला टेक्दा कुनै कार्यक्रम छुटाउनुहुदैन तर विहिवार बिहान विगतका दिनहरुभन्दा अलि भिन्न दृश्य देखियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँका पत्रकारसग भेटघाट गर्न चाहेको बताएपछि बिहान ९ बजे व्यास नगरपालिका कार्यालय अगाडिको लेट मि ईन् होटलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएपनि कार्यक्रमस्थलभन्दा केहि मिटर पर अनसन चौतारीमा हुनुभएका व्यासका मेयर बैकुण्ठनाथ न्यौपाने कार्यक्रममा सहभागी हुनुभएन । बिहान एकजना मानिसको स्वर्गारोहण पश्चात घाटमा जानुभएका मेयर न्यौपाने अनसन चौतारीको रक्तदान कार्यक्रममा सहभागी भईरहदा नेता पौडेलले व्यासका मेयर, नेपाली कांग्रेसकै स्थानिय नेता अध्यक्ष भएको भुमि आयोग तनहूँ , कांग्रेसकै वडा अध्यक्ष र गठबन्धनकै सरकारद्धारा गठित भुमि आयोगकै पदाधिकारीहरुको रोहवरमा व्यास नगरपालिकाक्षेत्रभित्र विशेषगरि वडा नं.२ दमौली बजारको जग्गाको निस्सा वितरणमा असन्तुष्टि जनाउनुले पनि रामचन्द्र पौडेल र वैकुण्ठनाथ न्यौपानेबिच दुरी बढेको रुपमा धेरैले बुझेका छन् ।

व्यासका मेयर बैकुण्ठनाथ न्यौपाने , नेपाली कांग्रेसका नेता एवं भुमि आयोग तनहूँका अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं.३ का वडा अध्यक्ष काशिराम श्रेष्ठ र नेपाली कांग्रेसकै सरकारबाट नियुक्त भुमि आयोगका अन्य पदाधिकारीको रोहवरमा भुमी आयोग तनहूँले निस्सा वितरण गरेको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा नेता पौडेलले ”भुमि आयोगको अध्यक्षले दिईराखेको छैन र दिदैन , केहि नक्कली सुकुम्वासी हुकुम्वासीहरुलाई जग्गा दिदैन ” भन्नुभएको छ । उक्त अवसरमा उहाँले ”मैले सानोतिनो कुरा , कुनै व्यक्ति बिशेषको कुरा गरेर हिड्न सुहाउदैन” भन्नुभएको छ । पत्रकारले ”भुमि आयोगबाट निस्सा वितरणको कुरा त ठुलो छ नि” भनेर जिज्ञासा राख्दा ”म बोलेपनि नबोलेपनि तपाईहरुले बुझ्ने कुरा हो , म मेरो पक्ष, मेरो मान्छेहरुबाट यस्तो सत्ताको दुरुपयोग हुदैन यति कुरा तपाईहरुले बुझिराख्नुस् ”भन्दै घुमाउरो पारामा दमौली बजारमा सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई निस्सा वितरणप्रति जनमानसबाट आएको प्रतिक्रियाको समर्थन र उक्त दिन निस्सा वितरण गरिएको कार्यको विरोध गर्नुभएको छ ।
”जितप्रकाश आलेलाई नेपाली कांग्रेस तनहूँको सभापति बनाउनुपर्छ ” भन्ने पौडेल र ”म आफै पुनः सभापतिमा दोहोरिन्छु ” भनेर अड्डी कस्नुभएका न्यौपानेबिच दरार उत्पन्न भएपछि नेता पौडेलले मेयरको टिकट पुनः न्यौपानेलाई दिई सम्बन्ध सुधार्न खोजेपनि व्यास नगरपालिकाको प्रत्यक्ष संलग्नतामा वितरण भएको निस्साका बारे पौडेलले निकै चर्को असन्तुष्टि व्यक्त गर्नु र २ सय मिटर टाढा अनसन चौतारीमा हुदाहुदै पनि पौडेलको कार्यक्रममा व्यासका मेयर न्यौपाने उपस्थित नहुनुलाई वरिष्ठ नेता पौडेल र व्यासका मेयर न्यौपानेबिच दुरीको बढेको संकेतको रुपमा धेरैले अर्थाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्