दुवईमा तनहूँ सेवा समाज युएईले मनायो भानु जयन्ति

  • ख-
  • ख+

सुरिन भुजेल । दुवई । हाम्रो तनहूँ हाम्रो सान सेवा र सहकार्यको लागि अभियान भन्ने मूल नारा सहित स्थापना भएको तनहूँ सेवा समाज युएईले १७ जुलाई २०२२ आइतबारको दिन भानु जयन्ती मनाएको छ ।
सस्थाका अध्यक्ष सुदिप कार्कीको सभापतित्वमा युएई खुल्ला रचना बाचन गरी धुमधाम संग भानु जयन्ती सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा तनहूँ सेवा समाज युएईका संरक्षक दिपक खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमको बिशेष अतिथीमा NRNA UAE का अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजक मनोज गोर्खाली, NRNA UAE उपाध्यक्ष बिकाश शाही, नेपाली समाज यूएईका उपाध्यक्ष श्री कमल गिरी रहनु भएको थियो त्यसै गरी , लमजुङ सेवा समाज युएईका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठ , गुल्मी सेवा समाज युएईका अध्यक्ष रुद्र थापा, इनास युएईका अध्यक्ष एम डि बोहोरा, जनसंपर्क समिति युएईका संरक्षक खेमराज बस्नेत , लमजुङ सेवा समाज युएईका उपाध्यक्ष रामबाबु न्यौपाने, जनजाती महासंघ युएईका निबर्तमान सचिब एबम नेवाः पुचा युएईका महासचिब कुमार बलामी , IME कन्ट्री हेड उत्तम बस्नेत , समाजसेवी गोपीकृष्ण पंगेनी,व्यवसायी तथा समाजसेवी कुल लेप्चा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएईलाई आफ्नो कर्मथलो बनाई साहित्य क्षेत्रमा योगदान दिनु भएका सफल सर्जक टक गुरुङ, सोनी भण्डारी, बिष्णु प्याकुरेल ,सुरज राना मगर, डि एल घिमिरे, गणेश बस्नेत, श्री भवानी नेपाल, हरिहर कँडेल ,नकुल पौडेल,अटल उपेन्द्र, शिव लामिछाने, रमण सुबेदी, कमल गिरी ,रुद्र थापा, लगाएतले आफ्नो रचना बाचन गर्नु भएको थियो । उक्त अवसरमा रचना बाचन गर्ने सम्पूर्ण सर्जकहरुलाई प्रसंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा युएईमा सास्कृतिक कार्यक्रम गोर्खा साँझ का लागि नेपालबाट आउनु भएकी तनहुंगे चेली प्रिती आले लगाएतका कलाकारहरुलाई दोसल्ला ओडएर सम्मान गरिएको जानकारी तनहूँ सेवा समाज युएईका प्रवक्ता गणेश बस्नेतले दिनु भएको छ ।

औपचारिक कार्यक्रम सस्थाका प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठले सन्चालन गर्नु भएको थियो र साहित्यिक कार्यक्रम साहित्यकार श्री भवानी नेपालले संचालन गर्नुभएको जानकारी कार्यक्रम संयोजक टक गुरुङले दिनु भएको छ। कार्यक्रम हर्षोल्लासका साथ सफल पार्न सहयोग गर्ने सबैलाई सस्थाका अध्यक्ष सुदिप कार्कीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?