काठमाण्डौ । अमेरिकामा हुन लागेको NRNA NCC को वोर्ड अफ डाइरेक्टर (BOD) पदमा धनन्जय भट्टराईले आफ्नो उमेदवार दिएका छन् । पाँचथरको रानीटारमा जन्मिएका भट्टराई काठमाडौंलाई कर्मथलो बनाए पनि हाल अमेरिकाको ओहायो बस्दै आउनु भएको छ । ओहायोमा व्यावसाय समेत गर्दै बस्दै आउनु भएका भट्टराई सामाजिक तथा धार्मिक कार्यमा परिचित रहनु भएको छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध तथा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका भट्टराई जागरण एकेडेमि एण्ड रिट्रिट सेन्टरको मोटिभेसनल स्पिकर र ट्रेनरको रुपमा समेत कार्य गर्दै आउनु भएको छ । एनआरएनए मा भएको विवादलाई सन्तुलित समायोजन तरहबाट समाधान गर्नु पर्नेमा उहाँको जोड रहेको छ । यस अघि पनि उहाँले एनआरएनए ओहायोको बोर्ड अफ डारेक्टरमा काम गरि सक्नु भएको छ । उहाँले यो पालीको अगस्ट १६-१७ मा हुने निर्वाचनमा सम्पूर्ण एनआरएनए अभियन्ताहरुलाई अमेरिकाको NRNA NCC को वोर्ड अफ डाइरेक्टर (BOD) पदमा भोट दिएर निर्वाचित गराउन आब्हान समेत गर्नु भएको छ ।
रिदेन मर्हजन








