काठमाण्डौ । कीर्तिपुरका प्रदीप महर्जनद्धारा NRNA पश्चिम अस्ट्रेलियाको राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । महर्जनले सन् २०२५–२०२७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको राज्य कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । १५ वर्षभन्दा बढी समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत रहि नेतृत्व, टोली भावना, अनुशासन र सिर्जनशीलता जस्ता मूल्यहरूलाई आत्मसात गर्दै आएका मर्हजनले तिनै मूल्य र मान्यताहरुलाई अगाडि बढाउन आफुले उमेदवारी दिएको बताएका छन् ।
नेपालमा रहदा सानै उमेरदेखि स्थानिय तथा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरूमा सक्रिय सहभागीता जनाउँदै विभिन्न क्लबहरूसँग मिलेर खेलकुद तथा सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको अनुभव भएका महर्जन अष्ट्रेलिया आएपश्चात् पनि विभिन्न खेलकुद गतिविधिमा संलग्न रही यहाँको नेपाली समुदायका युवा तथा स्थानीय समूहहरूलाई खेलकुद प्रवर्द्धन र विस्तारमा पनि उत्तिकै सक्रिय रहेका छन् । महर्जन हाल काठमाडौंको युनाइटेड क्लबको अध्यक्ष पनि हुन् ।महर्जनले हस्पिटालिटी र खेलकुद दुबै क्षेत्रमा सफलता पाउनका लागि सहकार्य, समर्पण र विश्वास अत्यावश्यक छ। यही आधारमा म पश्चिम अस्ट्रेलियाका युवाहरूको लागि सक्रिय, सशक्त र सुनेको महसुस हुने साझा मञ्च निर्माण गर्न चाहन्छु आफ्नो उमेदवारी घोषणा गर्दै महर्जनले भनेका छन् ।
आफु निर्वाचित भएपछि गर्ने कामहरु प्रस्तुत गर्दै महर्जनले मिलेर सक्रिय, पारदर्शी र एकीकृत युवा समुदाय निर्माण गरौं। ऊर्जा, इमान्दारिता र निष्ठाका साथ नेतृत्व गरौंभन्ने मुल मन्त्रका साथ अगाडि बढे सबैको भलो हुने बताएका छन् ।








