रामचन्द्र पौडेलको गाउँमा पुल बनाउदै कम्युनिष्ट सरकार: खुशीले नाँचे रामचन्द्र पौडेलका भाई

  • ख-
  • ख+

तनहूँ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा गण्डकी प्रदेश माननीय राम बहादुर गुरुङद्वारा व्यास नगरापलिका वडा नं. ८ रिस्ति खोलामा पक्कि पुल शिलान्यास गर्नुभएको छ ।

पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालयको तनहँका प्रमुख ओमराज ढुगानाको अध्यक्षयतामा उक्त कार्यक्रय भएको थियो । ४ करोड ४७ लाख २९ हजार ५ सय ३६ रुपैयाको लागतमा बन्न लागेको उक्त पुल ५२ मिटर लामो ८.३ मिटर चौडाई रहनेछ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास वडा नं. ८ अध्यक्ष ओजराज पौडेल , व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा व्यास नगरका अध्यक्ष श्रीराम कार्कि, नेकपा व्यास नगरका सचिव रामचन्द्र सापकोटा, नेकपा नगर सचिवालय सदस्य ईश्वर बिष्ट, नेपाली कांग्रेसका स्थानिय नेता हरि मिश्र लगायतका महानुभावहरुको उपस्थित रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि गुरुगंले कम्युनिष्ट सरकारले आफ्नो र अर्को नभनिकन नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आउने २ वटा पक्की पुल निर्माण गर्न लागेको बताउनुभएको थियो । केहिदिन अगाडि उक्त क्षेत्रमा नै गण्डकी प्रदेश सरकारबाट एउटा पुलको शिलन्यास भईसकेको छ ।

लामो समयसम्म नेपालको राजनितिको विभिन्न शिर्ष पदमा पुग्दा पनि आफ्नो क्षेत्रमा पुल बनाउन नसकेको भनेर पौडेललाई प्रतिपक्ष दलहरुले आलोचना गर्दै आईरहेका थिए त्यसैले पनि कम्युनिष्ट सरकारबाट नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा निर्माण गर्न लागिएकोे २ वटा पुललाई तनहूँमा निकै महत्त्वका साथ हेरिएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई तथा व्यास नगरपालिका वडा नंं. ८ का अध्यक्ष ओजराज पौडेलले आफ्नो गाउँमा पुल निर्माण हुदा निकै प्रफुल्ल भएर नाचगान गर्नुभएको थियो जुन कुरा आज तनहूँमा चर्चाको बिषय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?