तनहूँ । श्रावण ८ गते व्यास नगरपालिकाको बैठकले व्यास नगरपालिकाको विभिन्न गतिविधिका बारेमा सल्लाह सुझाब दिन नगर प्रमुख, उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत समेतको उपस्थितिमा हरेक महिनाको २ गते विहान ११ः ३० वजे नगरपालिकामा नगरबासीँसग सम्बाद कार्यक्रम र हरेक महिनाको एक दिन सम्बन्धित वडा समितिले निर्णय गरेको छ । त्यसैगरि नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास नगरपालिकाको सल्लाहकारमा ५ जनालाई मनोनयन गरेको छ । सल्लाहकारहरुमा प्रथम नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, पुर्व नगर प्रमुख धुर्व वाग्ले, इञ्जिनियर सूर्यनारायण श्रेष्ठ, पर्यटनविद् श्री हरिसिं गुरुङ र कृषि विज्ञ थम बहादुर दरै रहनुभएको छ ।
बैठकले वडा नं ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षता वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, वडा नं ३ सदस्य विश्व अधिकारी रहने गरी व्यास नगरपालिका खेलकुद समिति गठन गरेको छ भने व्यास नगरपालिकाको प्रवक्तामा वडा नं ६ का अध्यक्ष जीवन गुरुंङलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले दमौली बजारमा २०७८ फागुन २० गते भएको आगलागी पिडितहरु र अन्य विभिन्न घटनामा प्रभावितहरुलाई राहत सुविधा उपलब्ध गराउने, व्यास नगर स्वंयम सेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ पारित गर्ने , मतदान केन्द्र परिवर्तन सम्बन्धमा सर्वदलिय वैठकबाट भएका निर्णय अनुसार मतदान केन्द्र थप विवरणको आवश्यक तयारी गर्न सम्बन्धित वडा समितिलाई निर्देशन दिने लगायतका निर्णयहरु पनि गरेको छ । उक्त बैठकले व्यास नगरपालिकाको कानूनी सल्लाहकारमा अधिवक्ता यज्ञ बहादुर रानालाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।
व्यास नगरपालिकाको आज सम्पन्न नियमित बैठकमा नगरप्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १४ वडा अध्यक्ष, ८ कार्यपालिका सदस्य समेतको उपस्थिति रहेको थियो ।








