ग्रामिण बिकास लघुवित्त वित्तीय संंस्थाद्धारा राईनासमा आश्रमलाई सहयोग

  • ख-
  • ख+

लम्जुगं । ग्रामिण बिकास लघुवित्त वित्तीय संंस्था लि. गण्डकी प्रदेश कार्यालयद्धारा राईनासमा रहेको आश्रममा खाद्यान्न तथा फलफुल सहयोग गरेको छ । बुधवार ग्रामिण बिकास लघुवित्त वित्तीय संस्था गण्डकी प्रदेश कार्यालयको सहयोगमा भोटेओडार शाखाको अयोजनामा लम्जुगं जिल्लाको राईनास नगरपालिका वडा नं. ८ मा रहेको सर्बोदय सेवा आश्रममा खाद्यान्न तथा फलफुल बितरण गरिएको हो । कार्यक्रम राईनास नगरपालिकाका प्रमुख खड्क बहादुर गुरुङ तथा सोही संस्थाका गण्डकी प्रदेश प्रमुख गोपाल अधिकारीको आथित्यतामा उक्त कार्यक्रम भएको थियो ।
उक्त शाखाका प्रबन्धक उदयनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा छिमेकी शाखाका नि. अधिकृत विश्वनाथ अधिकारी,सहायक अधिकृत अम्मर गुरुङ, कृष्ण परियार, सुरेश ढकाल, मनहरी न्यौपाने, श्रीराम पोखरेल , कमल पाण्डे, सगर सापकोटा, आश्रमका संस्थापक एवं वर्तमान् अध्यक्षहरु, राईनास न.पा.वडा न. ८का अध्यक्ष, स्थानीय, आश्रममा रहनु भएका बृद्धबृद्दा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन कमलराज पाण्डेले गर्नु भएको थियो । ( तस्विरः उदयनाथ अधिकारीको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?