दुवईमा आईतवार तीज विशेष साँझ कार्यक्रम हुदै

  • ख-
  • ख+

नेपालमा रहेको मानव सेवा आश्रमको सहयोगार्थ दुवईमा तीज विशेष साँझ २०२२ को आयोजना हुदैछ । रुपन्देही सेवा समाज युएईले साउन २२ गते आईतवार अर्थात अगस्त ७ तारिख २०२२ दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर उक्त तिज विशेष साँझ २०२२ को आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु लोक गायिका देबी घर्ति मगर, अजुर्न न्यौपाने, रमेश पुलामी , प्रदिप पुन लगायतका कलाकारहरुको उपस्थिति रहनेछ ।
दिनको ठिक १ बजेबाट शुरु हुने कार्यक्रम वर दुवईको याक एण्ड यति क्लव एभरेष्टमा हुने आयोजकहरुले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्