व्यासका मेयर बैकुण्ठ न्यौपाने नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्दै !

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने सम्भावना बढेको छ । अघिल्लो प्रतिनिधि र प्रदेश सभामा कम्युनिष्टहरुले ६ वटै सिट कब्जा गर्दै लालकिल्ला घोषित गरेको जिल्लामा नेपाली कांग्रेसका वरिष्ठ नेतादेखि अन्य केन्द्रीय स्रतका नेताहरु एकजुट भएर जीतप्रकाश आलेलाई सभापतिमा विजयी गराउन लाग्दा पनि सम्मानजनक मतका साथ जिल्ला सभापतिमा पराजित न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन स्वयं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लागेको बुझिएको छ । ” अरु केन्द्रमा राजनीति गरेर केन्द्रीय सदस्य बने र सिनियर नेता भए बैकुण्ठ पार्टीका लागि जिल्लामा दुः ख गरेको मान्छे हो जिल्ला सभापतिमा जितप्रकाशलाई पनि न्याय गर्नुपरेको थियो र बैकुण्ठको पक्षमा भोट माग्न सकिन त्यसैले उन्लाई केन्द्रीय सदस्य बनाउन लागेको छु , केन्द्रीय सदस्य बनाउन नसकेपनि आमन्त्रित केन्द्रिय सदस्य त पक्का” काठमाण्डौतिर र जिल्लाको भेटघाटमा वरिष्ठ नेता पौडेलले भन्ने गरेको तनहूँ कांग्रेसका एक नेताको भनाई छ ।
त्यसो त नेकपा एमाले, नेपाली कांग्रेस जोशी समुह र अन्य शक्तिहरु एकजुट भएर लाग्ग्दा पनि एक्लै व्यास नगरपालिकाको मेयरमा निर्वाचित बैकुण्ठनाथ न्यौपानेलाई फकाउनु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको बाध्यता रहेको छ । हिजो रामचन्द्र पौडेलको समुहमा रहेका नेता तथा कार्यकर्ताहरु मात्र होईन जोशी समुहका नेता तथा कार्यकर्ताहरुको नेतृत्व गर्दै जिल्लामा सबैभन्दा ठुलो समुहको नेतृत्व गरिरहनु बैकुण्ठनाथ न्यौपानेलाई खुशी राख्न सकिएन भने आँउदो निर्वाचनमा फेरि पराजित हुन सक्ने पौडेलको आंकलन रहेको छ । त्यसैले निर्वाचन अगावै आफ्नो राजनीतिक भविष्य र जीवनको अन्तिम निर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपानेलाई केन्द्रीय सदस्य बनाउदै अन्य केहि तनहूँका असन्तुष्ट कांग्रेसी नेताहरुलाई आमन्त्रित सदस्य बनाउने प्रवल सम्भावना रहेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ७ जना समावेशी र १३ जना महिला केन्द्रीय सदस्यहरुको पद खाली छ भने निर्वाचनको समयमा असन्तुष्ट पक्षलाई शान्त पार्न जति पनि आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्न सकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्