तनहूँ । जनताको जनजिवन अस्तव्यस्त हुने गरेर कर बढाएर चर्चामा आउनु भएका गण्डकी प्रदेशका अर्का मन्त्रीले तनहूँमा अर्को चर्चिकला देखाउनुभएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोवाटे बि.क. ले आफ्नो पुरख्यौली थलो व्यास नगरपालिका वडा नं. ११ निर्वुमा बाटो कालोपत्रे गर्दा खोल्साको छेउ र अर्को कालोपत्रेसग नछुवाईकन आफ्नो जग्गातिर मात्र कालोपत्रे गर्ने गरि बजेट पारेर कालोपत्रे गरिएको छ । मुख्य सडक दुम्सिचौरबाट उक्त स्थानमा जानुपर्ने ठाउँतिर कालोपत्रे गर्नुपर्नेमा मन्त्रीको आदेशमा बिचको भाग त्यत्तिकै छोडेर मन्त्रीको जग्गा र पुरानो वासस्थान अगाडि पिच गरिएको छ ।

”उपभोक्ता समिति गठन गरिएर कालोपत्रे गर्ने निर्णय गरिएको भएपनि उपभोक्ता समितिले बिचमा मात्र कालोपत्रे गरेर के गर्ने मुल बाटोबाटै कालोपत्रे गरेर ल्याउभन्दा बजेट नपर्ने भनेपछि उक्त स्थानमा आफुहरुको पनि जग्गा परेकोले आफुहरु चुप लाग्न बाध्य भएको ” नाम नबताउने सर्तमा एकजना उपभोक्ता समितिका सदस्यले बताउनु भएको छ ।
निर्वु चौताराबाट उत्तर जाने रामदास मार्ग भने शिर्षकमा ११० मिटर कालोपत्रे भएको बाटोको अन्तिममा खोल्सो छ भने तालघरेबाट दुम्सिचौर तिर मुख्य सडकमा कालोपत्रे भएपनि उक्त कालोपत्रेसग नजोडिकन आफ्नो जग्गा रहेको स्थान मात्र कालोपत्रे गर्न लगाईएको छ । उक्त बाटो कालोपत्रे गर्ने ठेकेदारका अनुसार उक्त बाटो कालोपत्रे वापत उहाँले ६ लाख ३० हजार रुपैया भुक्तानी लिनुभएको छ ।

मुख्यबाटो नछोईकन एक्काशी बिचको भागमा सडक कालोपत्रे गर्दा सजिलै पास गरेको उक्त सडकखण्डमा पुर्वाधार विकास कार्यालय गण्डकी प्रदेश दमौली कार्यालयबाट अनुगमन भएको उक्त सडकमा अनुगमनका नाममा आर्थिक चलखेल गरिएको धेरैले आशंका गरेका छन् साथै कालोपत्रे गरिने बाटोमा अनिवार्य रुपमा नालि निर्माण मात्र गर्नुपर्न भएपनि उक्त बाटोमा नाली बनाईएको छैन ।
राम्रो र बलियो बाटो निर्माण गर्दा अनेक अडचन थापेर उपभोक्ता रुवाउने कार्यालयले मुख्य बाटोमा केहि नगरिकन सडकको बिचभागमा नालि निर्माण नगरिकन कालोपत्रे गर्दा सजिलै पास गर्नु नै अनुगमनका क्रममा चलखेल गरेको प्रशस्त देख्न सकिने एकजना स्थानियको भनाई रहेको छ ।









