ठाम् न ठहर तनहूँ कांग्रेसका युवाहरुको उमेदवार बन्ने रहर ?

  • ख-
  • ख+

तनहूँ । पार्टी कमिटिमा बस्न चुनाव होस् वा स्थानिय निकायको चुनाव नै किन नहोस् या त प्रदेशको चुनावको घोषणा हुनुपर्छ तनहूँ कांग्रेसका युवाहरु भेटघाट तथा सामाजिक संजालमा सकृय भएको देख्न पाईन्छ । प्रायशः सबैको एउटै भनाई भेटिन्छ ”युवा छु , जेलनेल भोगेको छु, पार्टीको लागि त्याग गरेको छु, पार्टी र देशको लागि काम गरेको छु मैले यसपटक त मौका पाउनुपर्छ । ”

त्यसो त तनहूँ जिल्ला नेता नेताहरुले भरिएको जिल्ला हो तनहूँबाट काठमाण्डौ कलेज पढ्न गएको नेविसंघमा लागेको बिद्यार्थी नेबिसंघको केन्द्रिय कमिटिको आर्कषक पदमा पुगेन भने उस्ले विद्यार्थी राजनीति नगरेको ठहर्ने गर्दछ । धुर्व वाग्लेदेखि उत्तम मिश्र हुदै दिपक भट्टराईसम्म आईपुग्दा त्याग , तपस्या गर्ने, जेलनेल बस्ने विद्यार्थी नेताहरुको लिष्ट निकै लामो बनेको छ तनहूँमा ।

रेशम गुरुगंसगै राजनीति गरेका विद्यार्थी नेताहरु मन्त्रीसम्म बनिसके उहाँले रामचन्द्र पौडेललाई ढाँडमा बोकेर छिम्केश्वरीको कछाडमा हिड्दाको घाँउले अझै पोलिरहेको छ तर राजनीतिमा म सग भिजन छ भनिरहदा सुनाईरहदा २०४२ सालमा सत्याग्रहमा भाग लिदादेखि अहिलेसम्म कुनै मौका पाउन सक्नुभएको छैन साच्चैभन्दा गुरुगंलाई आजसम्म पार्टीले पत्याएको छैन ।

नेबिसंघको नेता हुदै जिल्ल्ला कमिटिमा पदाधिकारी चयन भईरहदा पनि जनताको सेवा गर्ने मौका नपाउनुलाई पनि गुरुगं पार्टीले आफ्नो अपमान गरेको ठान्नुहुन्छ ।

”हामी अझै त युवा नै छौ अब पनि मौका नपाए कहिले पाउने अब त प्रदेशसभाको टिकट मैले किन नपाउने प्रश्न गर्छु म ?”

स्थानिय निकायको निर्वाचनमा शहिदको उपनाम पाउनुभएका तनहूँका जल्दाबल्दा युवा नेता चुडामणी खनाल ”तनहूँ जिल्ला क्षेत्र नंं २ को २ मा प्रदेश सभा सदस्यको लागि मज्जाले आफ्नो दावी रहने र आफुले पाउनु टिकट पाउनेमा ढुक्क रहेको’‘ बताउनुहुन्छ ।

नेबिसंघको राजनीतिमा लागेर थुप्रै दुःख कष्ट भोगेका उत्तम मिश्र नेबिसंघको कार्यवाहक सभापति भईसकेको युवा भन्नुहुन्छ ”विद्यार्थीै जिवनमा अनेकन आन्दोलनमा भाग लिईयो, जेलनेल भोगियो अहिले आएर तिमीहरु बच्चा छौ रे ? अब चालिस कटियो के अब पार्टीबाट टिकट पाउन ६०, ७० बर्ष नै कट्नुपर्ने ? उमेरले होईन भिजन भएको मान्छेले टिकट पाउनुपर्छ भन्ने बिचारको हिमायति हुँ म । हो कोहिभन्दा मेरो त्याग, जेलनेल अलि कम भयो होला तर गोलमेच गरौ, आकांक्षीहरु बिच अन्तर्क्रिया गरौ पार्टीको सिद्धान्तको बारेमा तर्क गरौ, देश बिकासको भिजनका बारेमा चर्चा गरौ, मभन्दा अरु ट्यालेन्ट अरु साथीहरु निस्कनुभयो भने म उहाँलाई टिकट दिलाउन बल गरेर चुनाव प्रचारमा हिडुँला, सधै युवाहरुलाई एय ! तिमीहरु हिजोको बच्चा भनेर हेलत्व गर्ने बेला छैन है अब ?”

नेविसंघकै अर्का नेता दिपक भट्टराईलाई त यसपटक प्रदेशसभा सदस्यको टिकट पाउनेमा कत्ति पनि शंका नरहेको उहाँ निकट व्यक्तिहरुले बताउनुभएको छ । विश्वस्त श्रोतका अनुसार भट्टराईलाई ”पार्टीको केन्द्रीय अधिवेशनमा त्यस्तै भयो अब ढुक्क भएर हुनु प्रदेशसभाको टिकट तिमीलाई नै हो” भनेर ठुलै नेताले भनेकोले पनि भट्टराई निकट व्यक्तिको भनाई रहेको छ ।

त्यसैगरि अर्का युवा नेता शंकर पौडेल पनि ”युवा र भिजन भएको हुनाले आफुले तनहूँबाट टिकट पाउनुपर्छ भन्ने कुरामा कत्ति पनि शंका नरहेको र आफु अगाडि बढ्ने विचारमा रहेको ” बेला बेलामा बताउदै आउनुभएको छ ।

सर्सर्ती हेर्दा तनहूँ कांग्रेसमा ४० कटेका बृद्धभत्ता बुझ्न धेरै नै बर्ष बाँकि रहेका तनहूँ कांग्रेसका युवा नेताहरु रेशम गुरुगं, चुडामणी खनाल, उत्तम मिश्र, दिपक भट्टराई र शंकर पौडेल लगायतका आकांक्षीको कुरा सुन्दा साच्चै नै आशा लागेका युवाहरुको लामै पंक्तिले प्रदेशसभा सदस्यको लागि यतिवेला रहर गरेको छ ।

तनहूँ नेतै नेताको जिल्लामा आफुभन्दा भिजन नभएका तर आफुभन्दा पुराना नेताहरुको हप्की दप्कीमा नडराईकन यी युवाहरुले कुरा राख्न सके र ”पार्टी बचाउनुपर्यो अब तपाईहरु सल्लाहकार अर्थात अभिभावक भएर बस्नुस् हामी चलाउछौ पार्टी र देश” भन्न सकेभने केहि युवाहरुले टिकट पाउन सक्ने सम्भावना थोरै भनेपनि रहला नत्र अहिले तनहूँ कांग्रेसका युवा नेताहरुको चाहना ठाम् न ठहर केटाकेटीेको रहर सावित हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्