तनहूँ । नेपाल सरकार अन्र्तगत रहेका कार्यालय तथा संस्थानहरुमा जनताले गणतन्त्र आउदा के कस्तो सास्ति पाईरहेका छन् भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आलेले दिनुभएको छ । वहाँले सेवाग्राहीसग पाँच हजार घुस मागेपछि सेवाग्राहीले उजुरी गरेर अख्तियारको टोलीले वहाँलाई पाँच हजार रुपैयाँसहितआज साँझ कार्यालयबाट रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले वहाँलाई एक स्टिङ अपरेशनका क्रममा पक्रेको नेपाल प्रहरीले जनाएको छ । वहाँमाथि पटक पटक सेवाग्राहीहरुसग रकम मागेको मौखिक उजुरी आउने गरेको वनि थियो वहाँलाई पक्रेर पोखरा लगिदै छ ।








