टुरिष्ट वडा अध्यक्ष विजयी गराएकोमा व्यास १० वासीले पाए डम्पिगं साईट उपहार

  • ख-
  • ख+

(व्यास नगरपालिकाको कार्यपालिकाको निर्णय र लेखक मदन तिमल्सेना स्थानिय निकाय निर्वाचन २०७९ मा नेकपा एमालेबाट व्यास १० मा अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ ।)

मदन तिमल्सेना । वडाको भौगोलिक वस्तुस्थिति र जनताको भावना नबुझ्ने व्यक्तिलाई जनप्रतिनिधि जिताएकोमा व्यास १० वासिन्दाले वडामा डम्पिगं साईट उपहार पाएका छन् । हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा व्यास नगरपालिका वडा नंं १० को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार खेमराज पोखरेल विजयी हुनुभएको थियो । तिनै पोखरेल सम्मिलित व्यास नगरपालिकाको भाद्र ७ गते बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका अन्तर्गत सरसफाई केन्द्र स्थापना गर्नको लागि व्यास १० को मंगलीगैराको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसग स्विकृत माग गर्ने निर्णय गरियो भन्ने निर्णय गरेको छ ।

घुमाउरो भाषा प्रयोग गरि सरसफाई केन्द्र शब्द राखेर जनतालाई गुमराहमा राखेपनि अघिल्लो ५ बर्षे कार्यकालमा पनि सानो दमौली बजारको फोहोर व्यवस्थापन गर्न असफल रहेको नेतृत्वले अब एउटा वडा नबुझेको, भेग नबुझेको, जनताको भावना नबुझेको, निर्वाचन अघिसम्म गाउँ टोल छरछिमेकको वस्तुस्थिति नबुझेको करिब ३ दशकदेखि वडामा बसोवास नगरेको वडा अध्यक्षसाथ ललाई फकाई समग्र व्यास १० का जनताको अपमान गर्ने निर्णय गरेको छ ।

प्राकृतिक रुपमा भर्खरै हराभरा हुदै गएको मंगली गैरा त्योभन्दा तल्लो भेगका जनताको लागि अत्यन्तै महत्वपुर्ण मानिदै आएको छ । जहाँ सरसफाई केन्द्रको नाममा डम्पिगं साईटको लागि जग्गा खरिद गर्न लागिदैछ उक्त ठाउँ कटुवा खोलाको मुहान हो । त्यहि कटुवा खोलाबाट व्यास नयाँ बस्ती, मङलिगैरा, भञ्ज्याङ्, दरैगाउ दुम्सी बजार एरिया लगायतका धेरै गाउँ बजारक्षेत्रका मानिसहरुले पानीको प्यास मेटाईरहेका छन् । उक्त स्थान भन्दा तल विभिन्न ठाउँमा लिफ्टिङ इनार परम्परागत कुवा र दुध उत्पादन क्षे त्र भएकोले अस्थायी रुपमा मोटर समेत प्रयोग भईरहेको वडा अध्यक्षले नदेखे पनि धेरैले देखेकै हुनुपर्ने हो ।

डम्पिगं साईटको लागि जग्गा खरिद गर्ने प्रकृया अगाडि बढाउन लागिएको स्थान भन्दा तल १५,२० वटा खानेपानीका मुहान भएको सवैलाई जानकारी हुदाँहुदै पनि चुनावताका गाउँ छिर्ने व्यक्ति विजयी भएकोले उहाँलाई थाहा नभएको हुन सक्छ त्यसैले वडा अध्यक्षले देखेको कुरालाई पनि नदेखेको झैं गरि शब्द परिवर्तन गरि सरसफाई केन्द्र स्थापना अर्थात डम्पिगं साईट स्थापनार्थ कस्सिएर लाग्नु कुनै अचम्म मानिएको छैन । त्यस क्षेत्रका स्थानिय प्रभावितहरुका अनुसार सरसफाई केन्द्र स्थापना गर्न भनेर खरिद गर्न लागेको जग्गाा नेताहरुको भएकोले नगरपालिकावाट धेरै पैसा असुल्नका लागि यो कार्यक्रम आएको हो भन्ने आवाज पनि सुन्नमा आएको छ ।

यस्तोमा नगरपालिकाको कार्यपालिका बैठकले अविलम्ब यो निर्णय खारेज गरि व्यास १० का जनतासग माफि माग्नुपर्नेछ नत्र व्यास १० का जनता जागे भने टुरिष्ट वडा अध्यक्षको कुर्सीमात्र होईन नगरपालिकाको जग पनि हल्लाउन सक्छन् सबलाई चेतना भया ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्