तनहूँ जिल्ला क्षेत्र नं २ (२ ) मा कांग्रेसका युवा नेताहरु चुडामणी खनालदेखि जीवन चन्दसम्मको दावेदारी

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस तनहूँ क्षेत्र नं. २ का सभापति एवं युवा नेता चुडामणि खनालले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो दावी पस्तुत गर्नुभएको छ । खनालले तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं २ (२) मा प्रदेश सभा सदस्यको लागि दाबी प्रस्तुत गर्नुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र संघमा उम्मेदवार हुन इच्छुकका लागि इच्छा सहितको निवेदन दिन परिपत्र जारी गरेपछि क्षेत्र नं. २ मा आवेदन बुझाउनु हुने खनाल नेपाल विद्यार्थी संघ तनहूँका अध्यक्ष र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । खनालसगै प्रत्यक्ष तर्फमा दावेदारी प्रस्तुत गर्नेहरुमा मिलन आले, मोहन गिरी, इन्द्र आले र जीवन चन्द हुनुहुन्छ ।
त्यसैगरि समानुपातिक तर्फ इन्दिरा खनाल, निल बहादुर थापा, टेक बहादुर थापा, गङ्गा कुमाल र आस्ता बिन्दु मल्लले पनि आफ्नो दावेदारी पेश गर्नुभएको छ ।
(तस्विरः चुडामणी खनाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?