यौनजन्य अपराध विरुद्ध तनहूँमा अभियान शुरु

  • ख-
  • ख+

तनहुँ । मंसिर २५ । यौनजन्य दुर्व्यावहार विरुद्ध विशेष अभियान नेपालभर लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहूँले बिहीबार सामुदायिक प्रहरी साझेदारी अन्तरगत सेफ्टी पीन क्याम्पेन कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पौडेलले जिल्लामा विभिन्न समयमा हुने गरेको हत्या , हिंसा, चोरी, लुटपाट , बलात्कार , यौनजन्य हिंसात्मक गतिविधि रोकथाम र नियन्त्रण गराउने उद्देश्यले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समापन कार्यक्रम सकिए सगै शुरु भएको कार्यक्रम आम सर्वसाधारण बर्ग र विशेषगरी नारीका लागि अति लाभदायक रहने बताउनुभयो । सबै यातायात ब्यवसायी, होटल ब्यवसायीहरुको उच्च सहयोग र साथ रहे समाजमा भए गरेका विकृति, यौनजन्य घटनाघटाउने, यौनजन्य अपराध गर्ने गराउनेहरुलाई हामी तुरुन्तै कार्वाहीको प्रक्रिया अघि वढाउने छौ सहि, सत्य, तथ्य सुचना हामीलाई दिनुहोस हामी हरपल तपाईंहरुको साथमा छौं उपरीक्षक पौडेलले भन्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा साक्षात्कार गराउने क्रममा प्रहरी उपरीक्षक पौडेलले सार्वजनिक सवारीसाधन र होटलहरुमा सादा पोशाकमा विशेष प्रहरी पठाउने , होटलमा गरिने भनिएका अवैध कार्यलाई नियन्त्रण गर्ने , उच्च सुरक्षा दिलाई निगरानी गरिने र यौन दुर्व्यवहार गर्ने उपर कडा कार्वाही गरिने छ वहाँले भन्नुभयो ।


उक्त कार्यक्रमकि प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँकि उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक सभा,गोष्ठी ,होटल ब्यवसायहरुमा महिलाहरूलाई विभिन्न किसिमका हिंसात्मक गतिविधिवाट महिला वर्गमा परेको नकारात्मक धारणा विरुद्ध प्रहरी कार्यालय तनहुँले शुरु गर्न लागेको अभियान अतिनै प्रशसंनिय भएको बताउनुभएको थियोे ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले कुनै पनि ब्याक्तिले नियतवश करकाप, डरधम्की , जोर जुलुमगरि यौनजन्य गतिविधि गरे गराएको ठहर भए वा प्रत्येक्ष संग्लन रहेको ठहर भए त्यस्ता ब्यक्ति उपर तुरुन्तै कार्वाहीको दायरामा ल्याउने वहाँले बताउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँकि प्रहरी निरीक्षक सविता केसीले संचालन गरेको उक्त कार्यक्रममा
विभिन्न संघसंस्थाका पदाधिकारीहरले
पटकपटक हुने यस्ता चेतनामूलक समय सान्दर्भिक र यथार्थपरक कार्यक्रमले नागरिकमा सचेतना जगाउने र आमनागरिकमा यौनजन्य अपराधका घटनामा संलग्न नहुन प्रेरणादायी भुमिका निभाउने भन्दै जिल्ला प्रहरी कार्यालय र सो कार्यक्रम स्वागतयोग्य भएको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?