तनहूँ । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उमेदवारको लागि तनहूँ क्षेत्र नंं २ बाट प्रदिप पौडेल, धुर्व वाग्ले र जितप्रकाश आले सिफारिश हुनुभएको छ । तनहूँका कांग्रेस क्षेत्र नं. २ का सभापति चुडामणी खनालका अनुसार केन्द्रको परिपत्र र बिधानले दिएको अधिकारलाई सिरोधार गरि बिहिवार बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रदिप पौडेल, धुर्व वाग्ले र जितप्रकाश आलेको नाम सिफारिस गर्ने सर्बसहमतिमा निर्णय गरिएको बताउनुभएको छ ।
सिफारिस गरिनुभएका प्रदिप पौडेल र धुर्व वाग्ले केन्द्रीय सदस्य हुनुहुन्छ भने जितप्रकाश आले तनहूँ कांग्रेसको जिल्ला सभापति हुनुहन्छ ।
त्यसैगरि क्षेत्र नं. २ क्षेत्रिय कार्यसमितिले समानुपातिक तर्फ सन्तोष घिमिरे र चन्द्रकला भट्टराईलाई सिफारिस गर्ने पनि निर्णय गरेको छ ।









