दमौलीमा ७० लाख लगानीमा अत्याधुनिक ल्याव सञ्चालन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका–२ गणेशमानचोकमा रक्त परिक्षणको लागि अत्याधुनिक ल्याव सञ्चालनमा ल्याईएको छ , स्वास्थ्यक्षेत्रमा लामो समयदेखि अनुभव बटुलेका युवाहरुले दमौली प्याथ ल्याव प्रा.लि. सञ्चालनमा ल्याउनुभएको हो । धेरै प्रकारका रोगहरु परिक्षण व्यवस्था गरि विरामीलाई पोखरा, चितवन तथा काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य गर्न ल्याव सेवा सञ्चालनमा ल्याईएको सञ्चालक दुर्गाविलास भट्टराईले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षण तथा ल्याव सम्बन्धि सेवा र सुविधालाई मध्यनजर गर्दै व्यवस्थित अत्याधुनिक प्रयोगशाला र दक्ष प्राविधिक सुविधा रहेको दाबी सञ्चालकको छ । ल्याव सञ्चालनको लागि ७० लाख रुपैयाँ खर्च भएको सञ्चालक अभिनय पन्थले जानकारी दिनुभयो । नयाँ ल्याव सञ्चालनमा ल्याएको उपलक्ष्यमा पुस ५ गते सम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि वहाँले बताउनुभयो । थाईराईडरोग सम्बन्धि रक्त परिक्षणमा जिल्लामा नै पहिलो पटक १८ मिनेटमै रिर्पोट प्राप्त गर्न सकिने सञ्चालक केशव भट्टराईले जानकारी दिनुभयो । थाईराईडका अतिरिक्त क्यान्सर, बाँझोपन, हाडजोर्नी नशा तथा बाथ, मधुमेह, मुटु, मृगौला, फोक्सो कलेजो, सम्बन्धि लगायतका रोगको रक्त परिक्षण गरिने भट्टराईले बताउनुभयो ।
दमौली बजारमा यसप्रकारको ल्याव संचालनमा आएपछि स्वस्थ जाँच गर्न सहज हुने कार्यक्रममा उपस्थित महानुभावहरुको विश्वास रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?