तनहूँ क्षेत्र नं. १ बाट रामचन्द्र पौडेलसहित ३ जना प्रत्यक्ष र समानुपातिक ३ जना सिफरिस

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि तनहूँ क्षेत्र नं. १ बाट ३ जना प्रत्यक्ष र ३ जना समानुपातिकको नाम केन्द्रमा सिफरिस गरिएको छ । प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ ले सिफारिस प्रत्यक्षतर्फ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, पुर्वमन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारी र अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईको नाम सिफरिस गरेको छ ।

क्षेत्रिय कार्यसमितिले समानुपालिक तर्फ संविधानसभाका सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाकी पुर्व उपमेयर मिरा जोशी र नेतृ यमुना खड्का बि.क.को नाम सिफरिस गरेको नेपाली कांग्रेस तनहूँका सचिव लक्ष्मी भक्त खनालले बताउनुभएको छ । क्षेत्रिय कमिटिबाट आएको उक्त नामहरुलाई जिल्ला कमिटिले अनुमोदन गरि केन्द्रमा पडाउने पनि खनालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?