तनहूँसुरलाई पर्यटकिय स्थल बनाउन सबैले पहल गर्नुपर्ने

  • ख-
  • ख+

तनहूँ । तनहूँको ऐतिहासिक स्थल तनहूँसुरलाई पर्यटकिय स्थल बनाउन र यस क्षेत्रमा भौतिक संरचना निर्माण गर्नको लागि जोड दिनुपर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा व्यास ११ तनहूँसुरको दरवार क्षेत्रमा गरिएको कार्यक्रममा सहभागी अतिथिहरुले उक्त सुझाव दिनुभएको थियो ।
संविधानसभा सदस्य रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेश अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले तजहूँसुरको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र तनहूँसुर आउने खड्गकाली मोटरमार्ग पिच गर्नको लागि २ करोड रकम विनियोजन गरेको बताउउनुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, भानु नगरपालिकाकी उपमेयर उमा गोतामे, नेपाली कांग्रेस तनहूँका सचिव सहदेव अधिकारी, नेकपा एमाले तनहूँका उपाध्यक्ष हरिराज कडेंल, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य बसन्त दरै, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की लगायतका महानुभावहरुले तनहूँसुरलाई पर्यटकिय स्थल बनाउनु पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा मुर्तिकार एवं कलाकार पृथ्वीनारायण श्रेष्ठले देशको विकासको लागि सहि व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने र आँउदो निर्वाचनमा आफु तनहूँ क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बन्न लागेको कारणले मत दिन आग्रह गर्नुभएको थियो ।

व्यास नगरपालिकाको सहकार्य र तनहूँसुर होम स्टे प्रर्वदनको आयोजनामा भएको कार्यक्रममा पर्यटनविद् हरिसिंह गुरुगंले तनहूँसुरको विकास कसरी गर्न सकिन्छ भन्ने बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा विभिन्न आमा समुह तथा युवाहरुले लोक तथा मौलिक गित तथा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?