ट्राफिक प्रहरीलाई संकेत सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । राजमार्गहरुमा हुने सवारी दुर्घटनाहरुको रोकथाम गर्ने उद्धेश्यका साथ जिल्ला म्याग्दे गाँउपालिकाले ट्राफिक प्रहरीलाई संकेत सामाग्री हस्तान्तरण गरेको छ । म्याग्दे गाँउपालिकाकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयका प्रमुख एस पि अरुण पौडेल र जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
५० ओटा विभिन्न किसिमका संकेत सामाग्री हस्तान्तरण गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख पौडेल स्थानिय निकायहरुको सद्भावले गर्दा कर्तव्य निर्वाह गर्न सजिलो हुने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?