तनहूँ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ तनहूँको अध्यक्षमा विश्व प्रकाश भुषाल चयन हुनुभएको छ । दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हो ।
अधिवेशनबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशिलकुमार श्रेष्ठ, कोषाध्यक्ष मिनबहादुर कुवर, सहसचिव सिता पाण्डे , सदस्यहरुमा रामप्रसाद भुषाल, उमेश भुषाल, पवन पौडेल, श्रवण श्रेष्ठ चयन हुनुभएको छ।
कम्प्युटर एसोसिएशन नेपाल महासघं गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले “कम्प्युटर एसोसिएशन सुचना प्रविधिको क्षेत्रमा तिन वटै तहका सरकारसंग मिलेर काम गर्ने” बताउनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ तनहूँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल, आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले आदिले आफ्नो मतव्य राख्नुभएको थियो ।
“क्यान तनहूँको अघिल्लो कार्यसमितिले तिन बर्षे आफ्नो कार्यकालमा राम्रा कामहरु गर्न सकेको ” निवर्तमान अध्यक्ष टिकाराम पनेरु ले बताउनुभएको थियो ।








