तनहूँ । साजाजिक कार्यमा सक्रिय रहेको संस्था टिम नेपोले देशैभरिका कारागारका कैदी बन्दिहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुर्नस्थापनाको हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामाग्री वितरण गर्नका निम्ति बिगतका बर्षदेखि संचालन गर्दै आएको पुस्तक परियोजना अन्र्तगत तनहँ जिल्लाको जिल्ला कारागारमा पनि पुस्तकालय स्थापना कार्यक्रम हुदैछ ।
करिब १ हजार पुस्तक सहित स्थापना गर्न लागिएको पुस्तकालय स्थापना कार्यक्रम आगामी पौष १६ गते दिनको ३ बजे गरिने टिम नेपो तनहूँका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष सुजन लौडारीले बताउनुभएको छ ।
बुटवलमा मुख्य कार्यालय रहेको टिम नेपोले यसभन्दा अगाडि पनि तनहूँमा थुप्रै सामाजिक कार्यहरु गरिरहेको छ साथै उक्त संस्थाले यसभन्दा अगाडि अर्घखाची र स्यागंजामा कैदिहरुको लागि पुस्तकालयहरु स्थापना गरिसकेको छ ।
कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष निगम पौडेल लगायतका पदाधिकारीहरुको आगमन हुने र यस कार्यक्रमले जिल्लामा भिन्नै प्रभाव पार्ने टिम नेपो तनहूँका अध्यक्ष गोविन्द तिमल्सेनाको भनाई रहेको छ ।








