तनहूँ । केपी ओली सरकारको संसद विघटन गर्ने कदमको विरोध गरेको नेपाली कांग्रेसले देशभर जस्तै आज तनहूँमा पनि विरोध कार्यक्रमको आयोजना गर्यो । उक्त सभाको प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्थ्यो, तनहूँकै भिमाद बजारको सभालाई सम्बोधन गर्दै वहाँले कम्युनिष्ट सरकारको गल्ती अदालतले सच्याउने बताउनुभएको थियो ।
त्यसैगरि तनहूँको सदरमुकाम दमौलीमा सम्वोधन गर्दै पौडेलले अदालतका न्यायाधिशहरुले राम्रोसग संविधान पढ्न र संसद पुर्नस्थापनाको पक्षमा फैसला गरेर मुलुकलाई अफगानिस्तान बन्नबाट रोक्न आग्रह गर्नुभएको थियो ।
मुख्य कुरा त संविधानमा नै संसद विघटनको प्रावधान नहुदा नहुदै पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो ।
तनहूँका भिमाद र दमौलीमा भएका विरोध सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रिय सदस्यहरु गोविन्द भट्टराई, प्रदिप पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उक्त सभाहरुमा वक्ताहरुले कम्युनिष्ट चरित्रको खुलेर बिरोध गर्नुभएको थियो ।








