तनहूँ । तनहूँका पाण्डे कम्प्युटर एसोसिएसन नेपाल महासंघ ( क्यान) को केन्द्रीय सदस्यमा तनहूँका तुल्सीराम पाण्डे निर्वाचित हुनुभएको छ । क्यान गण्डकीका निवर्तमान अध्यक्ष एंव लुम्बिनी सप्लायर्सका प्रोपाईट तुल्सीराम पाण्डे महासंघको १४ ओैं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डेले एक्काईसौ शताब्दी प्रविधिको युग भएको र कम्प्युटर एशोसियसन नेपाल महासंघले नेपालमा प्रविधिको विकासको लागि उल्लेख्य काम गरेकोले आफु अझै अझै प्रविधिको बिकासको लागि लागिपर्ने बताउनुभएको छ ।








