काठमाण्डौ । पूर्व मन्त्री नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचाररत वहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । डाक्टरहरुले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्दा पनि हुने भनेकोमा केहिदिन यता अक्सिजन लेभल कम भए पछी वहाँलाई अब्जरभेसन को लागि काठमाण्डौको ह्याम्स अस्पताल हस्पिटलमा भर्ना गराइएको छ। वहासंग नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु गर्न लागिएको वहाँको पारिवारिक श्रोतको भनाई रहेको छ ।
तनहूँ जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्दै ज्जिलावासीका प्यारा बन्नुभएका जोशी केह समय अगाडि पनि अस्वस्थ भए पनि उपचार पश्चात निको हुनुभएको थियो ।
अघिल्लो संसदयि चुनावमा तनहूँ जिल्ला क्षेत्र नं.मा नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेललाई हराउन महत्वपूर्ण भुमिका खेलेको भन्ने आरोपका साथ नेपाली कांग्रेसले पार्टीबाट कारवाही गरेपछि वहाँ राजनितिमा प्राय निष्क्रय हुनुहुन्छ ।









