दुर्घटना गम्भिर घाईते शिक्षक कृष्ण अधिकारीको निधन

  • ख-
  • ख+

तनहूँ । रामशाह मा वि आँबुखैरेनीका शिक्षक एवं नेपाल शिक्षक संघ आँबु गाउँ पालिकाका अध्यक्ष कृष्णचन्द्र अधिकारीको विद्यालयमा अध्यापन गर्न आउदै गर्दा आईतवार मोटरसाईकल दुर्घटनामा परि सोमवार मृत्यु भएको छ । आईतबार भएको चितवनबाट स्कुल आउने क्रममा चितवन , मुग्लिन बजार नजिकै ५ किलोमा वहाँलाई बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर भएका अधिकारीलाई उपचारको लागि चितवनस्थित सि एम् सि मा लगिएको थियो । शरिरमा गम्भिर चोट लागेका अधिकारीलाई सोमवार चिकित्सकले मृत घोषित गर्नुभएको थियो ।

अत्यन्तै मिलनसार एवं शिक्षक हकहितको लागि सदा लागि पर्ने अधिकारीको मृत्युमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले समवेदना व्यक्त गर्नुभएको छ । त्यसैक्रममा नेपाल शिक्षक संघ तनहूँका अध्यक्ष कमलभक्त पोखरेलले सामाजिक संजालमा एक स्टाटस लेखेर स्वर्गवासी अधिकारीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुृभएको छ साथै वहाँले अध्ययापन गराउने बिद्यालयमा पनि मंगलवार शोक सभा राखिएको छ । मृतक अधिकारीको आजै देवघाटधाममा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ र उक्त कार्यक्रमको लागि रामशाह माविका शिक्षक अभिभावकहरु देवघाट जानुभएको छ ।

बिक्रम सम्वत् २०२६ जेठमा जन्मनुभएका अधिकारीका आमा, श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ । लम्जुगंमा जन्मिएका अधिकारी लामो समयदेखि चितवनको भरतपुरमा बसोवास गर्नुहुन्थ्यो ।

(तस्विरः कृष्णचन्द्र पोखरेलको फेसवुक वालबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?