लायन्सकर्मीद्धारा मुटु तथा कलेजो रोगीलाई ३३ हजार ३ सय ३३ रुपैया सहयोग

  • ख-
  • ख+

तनहूँ । रिसिगं गाँउपालिका घर भई हाल व्यास नगरपालिका वडा नं. ४ शितलचोकमा बस्ने कलेजो तथा मुटु रोग पीडित ३८ बर्षिय नारायण सिङ रानाको उपचारको लागि दमौलीमा रहेका लायन्स क्लबहरुले आर्थिक सहयोग गर्नुभएको छ । लायन्स कल्ब इण्टरनेशनल ३२५ बि १ नेपाल अन्तर्गतका तनहूँको दमौली सक्रिय लायन्स क्लबहरु लायन्स कल्ब अफ तनहु ब्यास सिटि , लायन्स क्लब अफ तनहुँ दमौली , लायन्स क्लब अफ तनहुँ सत्यवती ले सम्युक्त रुपमा उपचारको लागि सहज होस् भन्ने हेतुले रानालाई मंगलवार ३३ हजार ३ सय ३३
रुपैया हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा लायन्स कल्ब अफ तनहु ब्यास सिटिका अध्यक्ष कुमार मल्ल , लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष सरोज भण्डारी, लायन्स क्लब अफ तनहुँ सत्यवतीकी सचिव पवित्रा खनाल, कलस्टर प्रमुख लायन राजकुमार श्रेष्ठ, जोन चियर्स पर्सन लायन शुसिला शर्मा, शान्ति दरै लगायत सम्पुर्ण क्लब का पदाधिकारी एबं सदस्यहरुको उपस्थिति रहेको थियो ।
संसारभर सक्रिय रहेको लायन्सकर्मीहरुको संस्था लायन्स क्लबले कोरोना माहामारीको समयमा, प्राकृतिक विपत्तीको समयमा र गरिव दिन दुःखीहरुलाई पनि सहयोग गर्ने र बिकास निर्माणका कामहरुमा पनि हातेमालो गर्ने गरिरहेको र कलेजो तथा मुटु रोगसग जुधिरहनुभएका रानाको लागि केहि रकम सहयोग गर्न पाउदा आफुहरुलाई हर्ष लागेको लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष सरोज भण्डारी भण्डारीले बताउनुभयो ।
करिब २ बर्षदेखि उपचार खर्च अभावमा बसिरहनुभएका रानालाई आर्थिक सहयोग गरिदिनुहुन पनि सर्वज्योति अनलाईन खबर पत्रिका सबैमा हार्दिक अपिल गर्दछौ ।
(तस्विरः राजकुमार श्रेष्ठको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?