प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा तनहूँमा सभा

  • ख-
  • ख+

तनहूँ । आफुलाई संस्थापन पक्ष देखाउन र पार्टीमा आफ्नो पकड देखाउन नेकपाका दुबै पक्ष प्रचण्ड माधब पक्ष र केपी ओली पक्ष कस्सिएर लागेको देख्न पाईन्छ त्यसैक्रममा तनहूँको दमौली नेकपा प्रचण्ड माधब पक्षले सरकारको विरोधमा देशभरजस्तै तनहूँको सदरमुकाम दमौलीमा एक विरोध कार्यक्रमको आयोजना गर्यो । केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ उक्त सभाको प्रमुख अतिथि रहनुभएको थियो ।
विरोध सभाका क्रममा तनहुँमा नेकपा प्रचण्ड माधब पक्षका नेता तथा कार्यकर्ताहरु जिल्लाका विभिन्न भागबाट उपस्थित हुनुभएको थियो ।

जिल्ला सचिव राजेन्द्र केशरी न्यौपानेको सभापतित्वमा भएको उक्त सभालाई विघटित प्रतिनिधि सभा सदस्य कलिला खान, गण्डकी प्रदेश सचिवालय सदस्य क्षितिज लामिछाने, रेखा थापा बस्याल, प्रदेश कमिटी सदस्य सदस्यहरु शंकरनारायण श्रेष्ठ, मदन आले अनेमसंघ तनहूँकी अध्यक्ष मनुमाया श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा लामो सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले आफुले जिल्लाको कमाण्डर भएर चुनाव जिताउदा जिताउदै पनि कृष्णकुमार श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले पार्टीको पार्टी प्रतिनिधिहरुलाई हेला गरेको बताउनुभएको थियो साथै वहाँले तनहूँका सांसदहरुले केपी ओली सरकारको प्रतिगमनको साथ दिएर जग हसाएको पनि बताउनुभएको थियो ।
उक्त कार्यक्रममा राष्टिय युवा संघ तनहूँका अध्यक्ष ईश्वर बस्याल, अनेरास्ववियुका अध्यक्ष डम्बर विक, मुक्ति समाज तनहूँका रनसिंह नेपालीले पनि केपी ओलीको कदमको कडा शब्दमा विरोध जनाउनुभएको थियो ।
गण्डकी प्रदेश सदस्य बिष्णुभक्त सिग्देलले संचालन गरेको कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, प्रदेश कमिटी सदस्य सदस्यहरु ओमकुमारी पौडेल, अतिन्द्रकेशरी न्यौपाने लगायत विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?