रामचन्द्र पौडेलद्धारा गोविन्दराज जोशीको स्वस्थ्यलाभको कामना

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीको स्वस्थ्लाभको स्वास्थलाभको कामना गर्नुभएको छ । कोरोना कोभिड १९ बाट संक्रमित भएपश्चात जोशी राजधानीको हेम्स अस्पतालमा उपचाररत हुनुहुन्छ । वरिष्ठ नेता पौडेलले फेसबुक पेजमा ‘मेरा सहयात्री , नेपाली कांग्रेसका पुर्व सह महामन्त्री एवं पुर्व मन्त्री श्री गोविन्द राज जोशीजी कोभिड १९ को संक्रमणको कारण अस्वस्थ भै हेम्स ( Hams Hospital)अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ ।
उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ‘
लेख्नुभएको छ ।

तनहूँ जिल्लाबाट केन्द्रको राजनितिमा लामो समयदेखि राज गरिरहेको पौडेल र जोशी कहिल्यै राम्रो सम्बन्ध रहेको छैन । सदाबहाररुपमा एक अर्का बिरुद्ध विष बमन गर्दै आईरहनु भएका वहाँहरुको प्रतिष्पर्धाले जिल्लामा कांग्रेस नेता तथा कार्यकर्ता बिच कटुता पूर्ण सम्बन्ध रहदै आएको छ । अघिल्लो संसदिय निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै वरिष्ठ नेता पौडेलले जोशीलाई पार्टीलाई कारवाहि गरिएको छ । गोविन्दराज जोशी अस्पताल भर्ना भएको केहि दिनपछि वरिष्ठ नेता पौडेलले स्वस्थ्यलाभको कामना गर्नुलाई वरिष्ठ नेता पौडेल जोशी पक्षसग सम्बन्ध सुधार गर्न चानुको लक्षणको रुपमा तनहूँका कांग्रेसले लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?