सन्दर्भः राष्ट्रिय मेलमिलाप नीति : विपी कोईरालाकोे राष्ट्रिय मेलमिलाप नीति सम्झदै कि बिर्सदै ?

  • ख-
  • ख+

राजा महेन्द्रको निधन भएको केहि समय पश्चात राष्ट्रिय मेलमिलापको नीतिको नाम दिदै ८ बर्षको भारतमा बसाई टुंग्याएर २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका नेता, पूर्व प्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोईरालाले नेपाल फर्कने निर्णय लिनुभएको थियो । गणेशमान सिंहले बीपीलाई एकदलिय पंचायत रहको समयमा नेपाल फर्कन उपयुक्त नहुने भन्दै सम्झाउनुभएको थियो तर अन्तिममा उहाँले बीपीलाई साथ दिनुभयो र बीपीसँगै फर्कनुभयो ।

काठमाडौँ आउनु अघिल्लो दिन बीपी पटनामा आइपुग्नुभएको थियो र उक्त स्थानमा वहाँलाई भेट्न चाहनेहरुको भीड नै लागेको थियो । जयप्रकाश नारायणले ‘बीपी तपाईलाई नेपाल जानुस् स्वेदशमै बसेर प्रजातन्त्रका लागि संघर्ष गर्नुहोस् भन्नुभएको थियो तर विपिले त्यसलाई अस्विकार गर्नुभएको थियो । नेपाल आउनुअघि गिरिजाप्रसाद कोइरालासग पनि बीपीले भन्नुभएको थियो ‘नयाँ राजा बीरेन्द्र छन् अनुभवी छैनन् । कसैले गलत बाटोमा लाग्न सल्लाह दियो भने देशकै अस्तित्व खतरामा पर्छ । त्यसैले म फर्कन्छु ’’ भन्नुभएको थियो ।
नेपाल पुगेपछि बीपीलाई समातेर कालकोठरीमा राखिन्छ पंचायतका साशकहरुले राम्रो गर्दैनन् भनेर धेरैले बीपीसग चिन्ता व्यक्त गरेका थिए । परिवारका सदस्यहरुले पनि बीपीको नेपाल फर्कने निर्यणलाई मन पराउनुभएको थिएन तर पनि बीपीको नेपाल फर्कने विचारलाई कसैको अनुनय विनय, कसैको आँशु कसैको विरोधले रोक्न सकेन, आफ्नो परिवार, आफन्त र आफुभन्दा बढि देशको माया गर्ने बीपी जे हुन्छ बरु देशमै गएपछि हुन्छ भनेर नेपाल फर्कने निर्णय लिनुभएको थियो ।

नेपाल पुगेपछि पक्कै अनिष्ट हुनेछ भन्ने आशंकाका साथ विहान पटनाबाट आरएनएसीको विमान चढेका बीपीलाई परिवारका सदस्य र भारतीय समाजवादी आन्दोलनका नेता जयप्रकाश नारायण लगायत ठूलो समूहले विदाई गर्नुभएको थियो ।

नेपालमा रहेका नेपाली कांग्रेसका नेताहरु आफ्ना नेता बीपी कोईराला काठमाण्डौ आउदै हुनुहुन्छ भनेर फुलमाला लिएर एयरपोर्टमा उपस्थित भएपनि फुलमाला लगाउनु त परको कुरा कसैले बीपीलाई देख्न सम्म नपाएको बताईन्छ । बीपीलाई स्वागत गर्न गएका कृष्णप्रसाद भट्टराई लगायतका नेता तथा कार्यकर्तालाई प्रहरीले त्यहाँबाट लखेटेको थियो ।

बीपी कोईराला लगायतका नेताहरु चढेको जहाज काठमाण्डौ आईपुगेपछि भिन्नै स्थानमा राखेर वहाँसगै आएका नेताहरु गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु र खुमबहादुर खड्कालाई ओरालेर नजिकैको पालमुनी राखिन्छ र केहिबेरर पछि बीपी र गाण्ेशमान सिंहलाई सुन्दरीजल जेलमा लगिन्छ र अन्य नेताहरुलाई अन्य स्थानमा लगेर वन्दि बनाईन्छ ।

कार्यकर्ताको स्वागत नपाए पनि, सुन्दरीजलमा सेनाको कडा निगरानीमा बस्न परेपनि देशप्रेमले ओतप्रोत महामानव बीपी लेख्नुहुन्छ – ‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङ्गो भइरहेको छ ।
बीपीले मेलमिलापको नीति लिएर स्वदेश आएपछि विपि नेपाल आउनुको भित्री मनसाय बुझेका तत्कालीन प्रम तुलसी गिरीले देशदोह्री बीपीलाई कानुन बमोजिम कारवाही गरिने जानकारी पोखरामा आयोजित एक पञ्च ¥यालीमार्फत सार्वजनिक गर्नुभएको थियो साथै पूर्व प्रम सूर्यबहादुर थापाको बीपीलाई मृत्युदण्ड दिनुपर्ने माग रहेको थियो ।
आफु भारतमा नै बसरिहे भारतको नेपाल नै भुटान बनाउन खोज्ने रणनितिमा थप टेवा पुग्ने र त्यसको लागि कलिला राजा बिरेन्द्रबाट केहि कदम चाल्न नसक्ने हुनाले भारतले आफ्नो काँधमा बन्दुक राखेर नेपालमाथि गोली हान्न खोजेको कुटनितिलाई असफल पार्न बीपी नेपाल आउनुभएको थियो र महामानव बीपीको तयो कदमको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । तर बिस्तारै नेपाली कांग्रेस लगायत अन्य पार्टीका नेताहरुले बीपीको त्यो दुरगामी सोचका साथको कदमलाइ बिर्सिरहेको भान भईरहेको छ ।
विभिन्न स्रोत तथा सामग्रीको सहयोगमा तयार पारिएको ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?