तनहूँ । टिम नेपो तनहूँको सक्रियतामा तनहूँको जिल्ला कारागारका कैदिबन्दिहरुलाई लक्षित गरि बिहिवार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गरियो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यितामा कारागारमा रहेका कैदीहरुको सामाजिक तथा बौद्धिक स्तर सुधार गर्नको लागि करिब १ लाख रुपैया बराबरका पुस्तकहरु भएको पुस्तकालय स्थापना गरिएको हो । नगर प्रमुख न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य र जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्दै युवापुस्ताको काम सराहनिय भएको बताउनुभएको थियो ।
करिब १ हजार ५ सय पुस्तक र दराज सहित स्थापना गरिएको पुस्तकालय नेपालमा तेश्रो स्थानमा तनहूँमा स्थापना गरिएको टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलले बताउनुभएको थियो ।
२ सय ९६ जना कैदी भएको जिल्ला कारागारमा यसरी पुस्तकालय स्थापना गर्न पाउदा टिम नेपोलाई गर्व लागेको संस्थाका अध्यक्ष गोविन्द तिमल्सेनाको भनाई रहेको थियो साथै वहाँले कैदी जीवन बिताईरहेका दाजुभाई दिदी बहिनीहरुलाई यी पुस्तकले जीवन जिउने कला सिकाउन मद्धत गरोस् भन्ने पनि वहाँको भनाई रहेको थियो ।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेको संस्था टिम नेपोले देशैभरिका कारागारका कैदी बन्दिहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुर्नस्थापनाको हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामाग्री वितरण गर्नका निम्ति बिगतका बर्षदेखि संचालन गर्दै आएको पुस्तक परियोजना अन्र्तगतको अभियान अन्र्तगत तनहँ जिल्लाको जिल्ला कारागारमा पनि पुस्तकालय स्थापना गरिएको टिम नेपो तनहूँका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष सुजन लौडारीले बताउनुभएको छ ।
समाज सेवामा आफुलाई होमेको टिम नेपोको मुख्य कार्यालय बुटवलमा रहेको छ । उक्त संस्थाले यसभन्दा अगाडि अर्घखाची र स्यागंजामा कैदिहरुको लागि पुस्तकालय स्थापना गरिसकेको छ । संस्थाले आउदा दिनहरुमा आफुलाई समाजसेवामा अब्बल बनाउन लागिरहने र टिम नेपो तनहूँका साथीहरुबाट त्यस्को लागि प्रेरणा पाईरहेको टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलको भनाई रहेको छ ।










