तनहूँ । सरकारको अनुदान र गाँउलेको सक्रियताले चल्न ठिक्क परेको थियो , सर्लक्कै थला पर्यो भानु नगरपालिका वडा नं. ९ चितिखोलाको ग्रिनहिल होमस्टे । २२ घर बिशेष गरि मगर परिवारले संचालन गर्न लागेको होमस्टेलाई सारा संसारले गाँजिरहेको कोरानाले नराम्ररी गाँजेपछि करिब ९ महिनापछि गाँउले मिलेर अतिथिहरुलाई निम्त्याएर कार्यक्रम गरि होमस्टेको रौनक फर्काउने प्रयाश गरियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भानु नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रदेव पाण्डे , सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल, भेटनरी तथा पशु सेवा कार्यलयका प्रमुख बालकुमार श्रेष्ठ, भेटनरी तनहूँका कर्मचारीहरु, भानु नगरपालिकाका कर्मचारीहरुलाई निम्त्याईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आचार्यले अझै पनि कोरोनाको महामारी नसकिएकोले एकदमै सावधानीपूर्वक काम गर्न र गाँउका होमस्टेमा मान्छे आँउ आँउ पार्ने काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रम होमस्टेको तर्फबाट स्वागत मन्तव्य राख्दै निवर्तमान सभापति धनकुमारी सारु मगरले आफ्नो गाँउको होमस्टेको अवलोकन गरि राम्रा कुराहरु सबै सामु प्रचार गरिदिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैले उक्त होमस्टेमा पाईने अर्गानिक खाना, खाजाको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । कायक्रममा उपस्थित अतिथिलाई खाजाको स्वरुप स्थानिय कोदोको रोटी, गुन्द्रुकको अचार, गुर्जोको चिया, आँलु तामाको तरकारी उपलब्ध गराईएको थियो भने खानामा कालिज, बट्टै, लोकल कुखुरा, कडकनाथ कुखुराको मासु उपलब्ध गराईएको थियो ।
जंगलको बिचमा रहेको मनोरम गाँउको यो होमस्टेबाट बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईन्छ भने, चिसो मौषममा गाँउमा नै उत्पादित खाद्यान्नबाट बनाएको परिकारको स्वाद लिन पाउनु नै यस होमस्टेको भिन्नै बिशेषता हो । होमस्टेको नजिकै जंगल भएको हुनाले चराहरुको चिरविरसगै वनकुखुरा, कालिज, मृग, बाघ, चितुवा, बाँदरहरु पनि देख्न पाईन्छ भने पाहुनाको बास बस्नको लागि प्रत्येक घरमा सुविधा सम्पन्न बेडहरु तयार पारिएर राखिएको छ । साँझ परेपछि प्रदेश सरकारको अनुदानबाट निर्मित सामुदायिक भवनमा मगर जातिको मौलिक भेषभुषमा सजिएर नाचगान गरि अतिथिहरुलाई मनोरन्जन गराईन्छ भने अतिथिहरुलाई गाँउकै कालिगढहरुबाट र्निाण गरिएको रोगंटे पिगं खेलाएर पनि मनोरन्जन प्रदान गराईन्छ ।
भानु नगरपालिकाको वडा नं. ९ चितिखोलामा रहेको यो होमस्टेमा पुग्नको लागि तनहूँको डुम्रे बजारबाट बेशिशहर जाने मार्ग भएर जानुपर्छ । डुम्रेबाट करिब आधा घण्टाको यात्रापछि तुरतुरे बजार पार गरेको केहि समयमा नै पिच गरेको बाटोबाट सजिलै यस होमस्टेमा पुग्न सकिन्छ ।
( भिडियो सहित) तस्विर: मदन तिमल्सेना




















