तनहूँ । व्यास नगरपालिका वडा नं. २ अमरापुरी घर भई हाल सपरिवार अमेरिकामा बस्नुभएका समाजसेवी चन्द्रबहादुर थापाद्वारा व्यास ११ मिलनटारवासीले सम्मान गर्नुभएको छ । अमेरिकामा बसेर पनि थापाले उक्त स्थानमा रहेको ज्ञानेश्वर मन्दिर परिसरमा राधाकृष्णको मन्दिर निर्माण गरिदिएको हुनाले उहाँलाई सम्मान गरिएको हो ।
थापालाई सम्मान गर्दै प्रमुख अतिथि व्यास नगरपालिका वडा नं. ११ का अध्यक्ष दलबहादुर दुराले स्वदेशमा तथा विदेशमा जहाँ नै रहेपनि सबैले आफ्नो धर्म र संस्कृति संरक्षणमा लाग्नको लागि चन्द्रबहादुर थापा र उहाँको परिवारबाट शिक्षा लिनुपर्ने बताउनुभएको थियो ।
समाजसेवी तिर्थराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा आध्यात्मिक चिन्तक एवं समाजसेवी बद्री भट्राई, शिक्षासेवी बिद्यायक भट्टराई, समाजसेवीद्धय जित बहादुर बस्नेत, मालिका पन्थले अमेरिकामा बसेर पनि चन्द्रबहादुर थापा, निजको श्रीमती केशवती थापा, छोराहरु विपिन थापा र विप्लव थापाले मन्दिर निर्माण गरिदिएर पुण्यको काम गरेकोले मिलनटारवासी उहाँहरुबाट प्रभावित भएको बताउनुभएको थियो ।
उक्त अवसरमा थापा परिवारको आर्थिक सहयोगमा ३ लाख १ हजार रुपैयाको लागतमा ज्ञानेश्वर मन्दिर परिसरमा निर्माण गरिएको राधाकृष्णको मन्दिर पनि उद्धघाटन गरिएको थियो ।
मन्दिर निर्माणकर्तालाई सम्मान तथा मन्दिर उद्घाटन कार्यक्रमको संचालन ज्ञानेश्वर महादेव मन्दिर संरक्षण समितिका सचिव विजयकुमार थापा मगरले गर्नुभएको थियो ।








