तनहूँ । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको केन्द्रीय सदस्यमा विमल गिरी चयन हुनुभएको छ । हिजो आईतवार काठमाण्डौमा सम्पन्न पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट तनहूँ, दमौलीको आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापक विमल गिरी संघको केन्द्रिय सदस्यमा सर्बसम्मत निर्वाचित हुनुभएको हो ।
सदस्य चयन पश्चात गिरी ‘‘आफु पब्लिक कलेजहरुको हितमा लाग्न सधै अग्रसर भएकोले र केन्द्रीय सदस्य भएपश्चात जिम्मेवारी अझै बढेको महसुस भएको’‘ बताउनुभएको छ ।
अधिवेशनले नगेन्द्रप्रसाद कोईरालाको अध्यक्षतामा २५ सदस्यिय कार्यसमति पनि चयन गरेको छ ।
त्यसैगरि नुटाको प्रतिनिधिको रुपमा महाप्रसाद हड्खले महेश, जनक काफ्ले र चिरन्जिवी बस्नेत पनि चयन हुनुभएको छ।








