नवनिर्वाचित राष्ट्रपतिको जिल्लामा खुशीयाली मनाईदै

  • ख-
  • ख+

तनहूँ । तनहूँका रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित हुनुभएको खुशियालीमा तनहूँको दमौलीमा दिप प्रज्वलन गरिएको छ । नेपाल विद्यार्थी संघ तनहूँको आयोजनामा तनहूँको सदरमुकाम दमौलीको प्रसाशन गेटमा दिप प्रज्वलन गरिएको हो । नेपाली कांग्रेस तनहूँका निवर्तमान् सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, नेपाली कांग्रेस तनहूँका पुर्व सभापति रघुनाथ पौडेल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, नेपाली कांग्रेस व्यास नगरका सभापति सूर्यचन्द्र हड्खले लगायत नपाली कांग्रेसका नेता तथा कार्यकर्ता र नेबिसंघ तनहूँका पदाधिकारीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?