लमजुङ क्याम्पसमा अनेरास्ववियुद्धारा क्लिन स्विप

  • ख-
  • ख+

बेसीशहर । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा अनेरास्ववियुको पुरै प्यानलै विजयी भई क्लिन स्विप गरेको छ । चित भएको छ ।

स्ववियु निर्वाचनमा अनेरास्ववियुको वीरेन्द्र जीसीसहितको प्यानल निर्वाचित भएको हो । सभापति जीसीले २६४ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेविसंघका पारस अवस्थीले २१८ मत ल्याउनुभएको हो ।

उक्त निर्वाचनमा अनेरास्ववियुका विराज सुवेदीले २६३ मत,का साथ सचिव गौरव जोशी २७१ मत ल्याएर कोषाध्यक्ष, सदस्यहरुमा पनि अनेरास्ववियुका चेतना राना, रसिक खनाल, विराज खड्का, धनकुमारी गुरुङ र विनिता कार्की सदस्यमा निर्वाचित हुनुभएको छ ।त्यसैगरि अनेरास्ववियुकै अनिषा कार्की, अर्जुन ढकाल, कृति खरेल, कल्पना पौडेल, अनुपा शर्मा, पूर्णबहादुर बुढाथोकी र सोलिना कार्की डोली समानुपातिकतर्फ सदस्य निर्वाचित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?