
तनहूँ । तनहूँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट ६ जनाका आकांक्षी हुनुभएको छ । विहिवार बसेको क्षेत्रिय कमिटिमा ६ जनाले चुनाव लड्ने ईच्छा व्यक्त गर्नुभएको छ । टिकटका आकांक्षीहरुमा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, गण्डकी प्रदेशका पुर्व सांसद रामबहादुर गुरुङ, व्यवसायी सोभा गुरुङदलित आन्दोलनका अगुवा मोहनकुमार बि.क., परितोष पौडेल र किरण धिताल हुनुहुन्छ ।
क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गर्नुभएका उहाँहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका संसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि बैशाष १० गते उपनिर्वाचन हुन लागेको हो ।