नेकपा फुटको असर : निर्माण शुरु भएको १४ महिनापछि विवादमा फस्दै नागढुगां सुरुगंमार्ग

  • ख-
  • ख+

तस्विर ग्राफिक्समा आधारित

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा सिलन्यास गरेपछि सुरुवात भएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाको काममा अवरोध पुर्याउने स्थानियले बताएका छन् । जनप्रतिनिधि सम्मिलित स्थानियले आफ्ना मागहरुको सम्बोधन नभए निर्माण कार्य रोकिदिने जनाएका छन् ।
काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं। २ का अध्यक्ष गोपी सुर्खेती सहितका स्थानियले आफ्ना मागहरु सहित ज्ञापन पत्र बुझाउदै उक्त कुराहरु भनेका हुन् । सकेको आयोजना शिलान्यास भएको १४ महिनापछि वडा अध्यक्ष नै संलग्न भएर स्थानीयले बुँदागत रूपमा माग राख्दै पूरा गर्न दबाब दिनुलाई त्यसक्षेत्रका बुद्धिजिवीहरुले केन्द्रको राजनिति हावि भएको रुपमा व्याख्या गरेका छन् । नाम उललेख नगर्ने सर्तमा एकजना स्थानियले नेकपाको फुटपछि यस बिषयले उठान पाएको र नेकपा प्रचण्ड माधब नेपाल पषको यसमा हात रहेको बताएका छन् ।

महिनौ अगाडिदेखि काम भईरहेको र आज १४ महिनापछि आएर माग तेर्स्याउदा अन्यौलता छाएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा बताउनुभएको छ ।
उक्त सुरुगंमार्गमा अहिले धादिङतर्फ सुरुङ खन्ने काम भईरहेको छ भने काठमाडौंतर्फ सुरुङ खन्नको लागि पोर्टल बनाउने काम पनि भइरहेको वहाँले बताउनुभएको छ । । ‘आयोजनामा अवरोध भइरहे समयमै निर्माण सक्न गाह्रो पर्छ ।’

एउटा समूहले पूरा गर्न नसकिने माग राखेर राजनीतिक रूप दिन खोजे पनि सरोकार समितिले समस्या समाधान गरेर अघि बढ्न तयार रहेको जानकारी गराएको आयोजनाले जनाएको छ ।
चौध चौध महिनासम्म पहिला भएका सम्झौता सहमति पालना गरेर बस्नु चुप्प लागेर बस्नु अहिले आएर नयाँ माग तेर्स्याउनुलाई बुद्धिजिवीहरुले अनावश्यक भएको टिप्पणी गर्नुभएको छ भने यस्तो पाराले बिकास निर्माण गर्न कठिनाई हुने वहाँहरुको भनाई रहेको छ ।

२ं२८ किलोमिटर लामो निर्माण हुन लागेको सुरुगंमार्ग ३ बर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको छ ।
जापान सरकारको साढे १६ अर्ब ऋण सहयोग ६ अर्ब नेपाल सरकारको लागानीमा उक्त सुरुगंमार्गको ठेक्का रकम २२ अर्ब रहेको छ । उक्त सुरुगंमार्ग निर्माण भएपश्चात राजधानी प्रवेश गर्ने क्रममा यात्रुले पाउने दिनदिनैको सास्ति कम हुने बिश्वास गरिएको छ ।
सुरूङ मार्ग निर्माण गर्दा सबभन्दा धेरै प्रभावित हुने चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ५ नम्बर वडा भए पनि पछिल्लो समय २ नम्बर वडाका स्थानीयले मागहरुका चाँगं थुपार्दै निर्माण गर्छौ भन्ने धम्कि दिनुलाई धेरैले अर्थपूर्णरुपमा हेर्दै बिकास बिरोधी काम भनिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?