हाम्रो चौतारी युवा क्लबद्वारा विद्यालयहरुमा जाडोका कपडा वितरण

  • ख-
  • ख+

व्यास नगरपालिका वडा नं २ को हाम्रो चौतारी युवा क्लबद्वारा जनजागृति माध्यमिक विद्यालय र बाल कल्याण प्राथमिक विद्यालय व्यास १३ पोखरी भञ्ज्याङका २० । २० जना जेहेन्दार , गरिब विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रम व्यास नगरपालिका वडा नंं. १३ का अध्यक्ष लेखबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त अवसरमा वडा अध्यक्ष लेख बहादुर रानाले क्लबका युवाहरुबाट समाजले सिक्नुपर्ने र युवाहरुको सिको गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास युवा परिषद्का अध्यक्ष गौरव पन्थ, जनजागृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर बि.क. , जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणी कोईराला र बाल कल्याण प्राथमिक विद्यालयका पदाधिकारीले क्लबका सदस्यहरुले आफ्नो खाजा खर्च काटेर यस विद्यालयका बिद्यार्थीहरुलाई जाडोका कपडा बितरण गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारीहरु रितेश गुरुगं, रवि भुजेल, पुजा बसौला, सुरक्षा वाग्ले, सुजित खनाल, सुनिता गुरुगं, अर्चल गिरी, सुमन थापाको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रम क्लवका अध्यक्ष जोहर अलि मियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्