पृथ्वी जयन्तिमा विभिन्न कार्यक्रम गर्दै मातृभुमिका लागि नेपाली अभियान

  • ख-
  • ख+

काठमाण्डौ । पछिल्लो समय नेपाल र नेपालीले भुल्दै गरेको राष्ट्र निर्माता बडामहाराजधिराजको जन्मोत्सव भव्यरुपमा मनाउन नेपालमा रहेका विभिनन संघसंस्थाहरु लगिरहेका छन् । त्यसैक्रममा देश अर्थात मातृभुमिका लागि केहि गर्नुपर्छ भनेर संचालनमा आएको संस्था मातृभुमिका लागि नेपाली नामकले पृथ्वी जयन्तिलाई भव्यताका साथ मनाउन लागेको छ ।
उक्त संस्थाले पौष २७ गतेका दिन काठमाण्डौमा बिशेष कार्यक्रम गर्न लागेको अभियानका अभियन्ता एवं अध्यक्ष देवप्रकाश त्रिपाठीले बताउनु भएको छ । उक्त दिन बिहान ८ बजे उपत्यकाको हकमा भृकुटीमण्डमा भेला हुने मातृभुमीका लागि नेपाली उपत्यका समन्वय समितिका अध्यक्ष जुलुम रत्न डंगोलले बताउनुभएको छ ।
देशमा अराजकता बढेको र बाहिरी हस्तक्षेप बढेर बडामहारजधिराजले बडो दुखका साथ आर्जेको मुलुक तहननहश बनाउन लागेको हुनाले मातृभुमीका लागि नेपाली जाग्नुपर्छ भनेर हामीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन लागेको र आजको अवस्थामा सबैलाई एउटै मालामा उन्न सक्ने पृथ्वीनारायण शाहको धेरै नेपालीलाई याद आएको कारण पनि सरकारलाई घच्घच्याउन कार्यक्रम गर्न लागेको उक्त अभियानका केन्द्रिय सदस्य एवं कला विभागका प्रमुख शुसिल देवकोटाको भनाई रहेको छ । त्यसैगरि विभिन्न संघसंस्थाहरुले पनि पृथ्वी जयन्ति विभिन्न कार्यक्रम गरि मनाउन लागिरहेको जानकारीहरु प्राप्त भईरहेका छन् । प्रख्यात वलिउड अभिनेत्री एवं विपि पुत्र प्रकाश कोईरालाकी सुपुत्री मनिषा कोईराला, नेपाल प्रहरीका पूर्वडिआइजी एवं हाम्रो नेपाल र सुशासन अभियान चलाइरहेका रमेश खरेल, पर्यटन व्यवसायी भरत बस्नेतले पनि संयुक्त रुपमा पृथ्वी जयन्ति मनाउन लागिरहनुभएको छ ।
नेपालमा गणतन्त्र आउनुअघि पौष २७ गते सार्वजनिक विदा सहित पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका भव्य रूपमा मनाउने गरिन्थ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र सार्वजनिक विदा दिन माग गरिरहे पनि नेपाल सरकारले त्यसलाई लागु गरेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्