पृथ्वी राजमार्ग बस संचालक कम्पनीद्वारा दुर्घटना न्युनिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । पृथ्वीराज राजमार्ग बस सञ्चालक कम्पनी प्रा. लि.द्वारा आयोजित दुर्घटना न्युनिकरण तथा प्रशिक्षण कार्यक्रमको दमौलीमा सम्पन्न भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी दमौली क्षेत्रीय संयोजक विक्रम थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथिमा तनहूँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विशिष्ट अतिथिमा पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रा.लि. का अध्यक्ष योगेन्द्र बहादुर के.सी., जिल्ला सरकारी वकिल कार्यालय तनहूँका न्यायाधिवक्ता गोविन्द उपाध्याय, ट्राफिक कार्यालयका गण्डकी प्रदेशका प्रमुख सुमन कुमार तिमल्सेना लगाएतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि तनहूँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले चालक र सहचालकलाई समय समयमा तालिम दिएर राम्रो गरेको,आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको दुर्घटना न्युनिकरण हुनुपर्ने बताउनु भएको थियो । साथै दुर्घटना मानविय कारणहरुमा अनावश्यक प्रतिस्पर्धा गर्ने, मादक पदार्थ सेवन गरेर चलाउने, चालकको हेलचेक्र्याइँ, सवारी साधनलाइ समय समयमा मर्मत नगर्ने , साँघुरो बाटो, हर्न नबजाउने आदि धेरै भएको बताउनु भएको थियो ।

विशेष अतिथि पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर के. सी. ले नेपालमा दैनिक ७ जना सडक दुर्घटनाबाट मृत्यु हुने गरेको र चालक र सह चालकहरुले आफ्नो बोलि र व्यवहारहरु राम्रो गरेर यात्रुहरुले पटक पटक आफुलाई खोज्दै आउने वातावरण बनाउनु पर्ने बताउनु भएको थियो ।

२०७९ सालको साउनबाट २०८० बैशाख १५ गतेसम्म २८३ वटा दुर्घटना पृथ्वी राजमार्गमा भएका छन् भने १२० जनाको मृत्यु भएको छ । त्यस मध्ये चालकको गल्तिबाट २१८ वटा दुर्घटना भएको र ति मध्ये साधनबाट २५ जना, यात्रुको कारण १९ जना र सडकको कारण २० जनाको दुर्घटना भएको ट्राफिक कार्यालयका गण्डकी प्रदेशका प्रमुख सुमन कुमार तिमल्सेनाले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्