अख्तियारद्धारा तनहूँमा घुस सहित सवईन्जिनियर पक्राउ

  • ख-
  • ख+

तनहूँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरा तनहुँ जिल्लाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियरलाई घुस सहित पक्राउ गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले सवईन्जिनियर सुरेन्द्र अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले निज अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभएको छ ।


विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीलाई घुस वापतको रकम सहित नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।

अधिकारीलाई नियन्त्रणमा लिए पश्चात थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्