तनहूँ । उत्कृष्ट वितिय सेवा सहितको सहकारी बैक भने नाराका साथ राष्ट्रिय सहकारी बैक लिमिटेडले सहकारीका कोषाध्यक्षको भूमिका विषयक लघु गोष्ठी कार्यक्रम दमौलीमा सम्पन्न गरेको छ ।
कार्यक्रममा तनहू जिल्ला भरिका राष्ट्रिय सहकारीमा आवद्ध सहकारीहरुको कोषाध्यक्षहरुको भुमिका बारेमा छलफल भएको थियो । उक्त अवसरमा सहकारीहरुको अवस्था, संचालक, शेयर सदस्य र कर्मचारीहरुको संस्थाप्रति भुमिका बारेमा छलफल भएको थियो ।

राष्ट्रिय सहकारी बैक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले सहकारीको बारे र कोषाध्यक्षको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो ।

राष्ट्रिय सहकारी बैक दमौली शाखामा ४ वटा जिल्ला तनहूँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका गरेर ३०० वटा सहकारीहरु आवद्ध रहेकाछन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 148 Viewed

प्रतिक्रिया दिनुहोस्