पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमाथि खेलवाड गरेको भन्दै अनेरास्ववियु गण्डकी प्रदेश कमिटिले पठायो राष्ट्रपतिलाई संविधानको किताब पठाएको छ । नेपाल सरकारको सिफारिस भन्दै रास्ट्रपतिबाट गरिएको किर्ते र जालसाजी गरि नागरिकता विधयेक प्रमाणीकरण गर्ने कार्य किमार्थ स्वीकार्य छैन भन्दै अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार र नेपाल सरकार मार्फत सम्माननिय राष्ट्पति रामचन्द्र पौडेललाई संविधानको पुस्तक उपहार पठाएका छन् ।
महामहिम रास्ट्रपतिज्युले संबिधानको अध्ययन गर्नुभएको रहेनछ भनौ भने वहाँप्रति अन्याय होला तर संविधान बिर्सनुभएछ र अधययनको लागि काम लाग्छ र आगामी दिनहरुमा राष्ट्रपतिज्यु संबिधान अनुसार नै अगाडि बढ्नुहुनेछ भन्ने बिश्वास लिएर अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पुस्तक उपहार पठाएको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी संयोजक आर के पोखरेल बताउनु भएको छ ।


                    



				                               
							
							
							
    
    
    
    
    
    
    

