तनहूँ । जेठ २३ गते स्थगित गरिएको दमौली सत्यवती माध्यमिक विद्यालयको कार्यालय सहयोगी (लेखापाल) को परिक्षा चलखेल र आफन्त नियुक्तिको लागि होईन विवादरहित बनाउन परिक्षा स्थगित गरिएको सत्यवतीका अध्यक्ष करुण काफ्लेले बताउनुभएको छ । कर्मचारी छनौट समितिका अधयक्ष समेत रहनुभएका काफ्लेले ”समितिकी सदस्य सचिव विद्यालयकी प्रधानाध्यपक पुष्पकला भट्टराईलाई उक्त परिक्षामा सामेल हुने परिक्षार्थीलाई खबर गर्न निर्देशन दिएको ति मध्यै १ जना परिक्षार्थीसग फोन सम्पर्क हुन नसकेपछि परिक्षा स्थगित गर्नुपर्ने अवस्था आएको” बताउनुभएको छ । ”सदस्य सचिवले समयमा नै म अध्यक्ष तथा अर्का सदस्यलाई १ जना परिक्षार्थीसग फोन सम्पर्क नभएकोले परिक्षाको बारेमा जानकारी दिन नपाएको भन्ने जानकारी दिएको भए हामी म्यासेज पठाउन वा अन्य माध्यमबाट सम्पर्क गर्न आग्रह गर्नेथियौ । परिक्षा शुरु हुनुभन्दा १५ मिनेट अगाडि निज परिक्षार्थीसग सम्पर्क भएपछि निजले मलाई परिक्षाको जानकारी यति ढिलो दिने भनेर विवाद निकाल्न सक्ने भएकोले उक्त परिक्षा स्थगित गरिे जेठ २९ गते आईतवार सारिएको” काफ्लेले बताउनुभएको छ ।
”हामी चाहान्छौ सत्यवती जस्तो विद्यालयको सबै कुरा पारदर्शी होस्, कसैले पनि औला नउठाओस् तर कहिलेकाँहि विवादरहित बन्छ कि भन्दा आशंका जन्मनु स्वभाविक भएपनि हाम्रो तर्फबाट कुनै चलखेल हुनेछैन र सम्भावना पनि नरहेकोले परिक्षार्थीलाई ढुक्कसग परिक्षामा सामेल हुन” काफ्लेले आग्रह गर्नुभएको छ ।
१ जना परिक्षार्थी अनुपस्थितभएको कारण देखाई तोकेको समयमा परिक्षा नहुँदा अन्य परिक्षार्थीले ”देखाउनकै लागि मात्र परिक्षा गरे झैं गरेर चलखेल गर्न लागेको” शंका व्यक्त गर्नुका साथै ”१ जना अनुपस्थित हुदैमा परिक्षा रोक्ने हो भने त प्रत्येक दिन १ जना अनुपस्थित होलान् कति दिनसम्म परिक्षा स्थगित गर्ने ?” भन्दै असन्तुष्टि जनाउनुका साथै ”चलखेलको लागि परिक्षा स्थगित गरेको” आशंका गरेका थिए ।

विद्यालयमा लेखापालको पद रिक्त भएपछि विद्यालयले जेठ २ गतेको पत्रिकामा व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको अनुमति अनुसार यस विद्यालयलाई कर्मचारी आवश्यकता भएकोले कार्यालय सहयोगी (लेखापाल) आवश्यक भएको र खुल्ला प्रतियोगिताद्धारा करारमा पदपुर्ति गरिने जनाईएको थियो ।
३ सदस्यिय कर्मचारी छनोट समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले अध्यक्ष, व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाका नविन पराजुली सदस्य र विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराई सदस्य सचिव रहनुभएको छ । यसै बिषयमा छनोट समितिका सदस्य व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाका नविन पराजुलीसग सम्पर्क गर्दा उहाँको फोन उठेन ।

अन्तिम पटक अध्यावधिक गरिएको 310 Viewed

प्रतिक्रिया दिनुहोस्