टेलिकम, केवल र ईन्टरनेट कम्पनीहरुका कारण सिमलटार दुर्घटना बढ्यो

  • ख-
  • ख+

तनहूँ । असार २९ । टेलिकम, केवल र ईन्टरनेट कम्पनीहरुका कारण व्यास ४ सिमलटार दुर्घटना बढेको छ । उक्त कम्पनीहरुका तार १ महिना भन्दा बढि समयदेखि सडकमा लत्रिएका कारण जुनसुकै बेला पनि मानविय दुर्घटना हुनसक्ने भएको छ । १ महिनाभन्दा बढी भईसक्यो टेलिकम, केवल र ईन्टरनेट कम्पनीहरुका तारहरु सडकमा असरल्ल लिित्रएको पटक पटक आग्रह गर्दा पनि कसैले वास्ता पस्ता गर्दैन, हामी टोलवासीलाई कुनै बेला ठ्लै दुर्घटना हुन्छ कि भनेर डर भईरहेको छ विरता टोल बिकास संस्थाका सरोज बस्नेत बताउनुहुन्छ ।
सार्वजनिक प्रयोगको लागि जुनसुकै बेला पनि प्रयोग गरिने बाटोमा सम्बन्धित निकायले यसरी तारहरु राखिदिनुभएन नि, सानोतिनो दुर्घटना भईरहेका छन् कुनै बेला ठुलै दुर्घटना भयो भन त्यस्कको जिम्मेवार को ? यो हेलचक्रयाँई कहिलेसम्म ? बस्नेतको भनाई छ ।
फोन, ईन्टरनेट तथा विभिन सेवा पदायक कम्पनीहरुले विजुली वा टेलिकमको पोलमा अव्यवस्थितरुपमा राखेकोले राति सडक लाईट राखेपनि कालो तार प्रष्टसग नदेखिने भएकोले तारमा अल्झिएर सवारी साधनहरु बिशेष गरेर मोटरसाईकलहरु रातिको समयमा दुर्घटना हुने गरेका छन् । दैनिक सयौको ंख्यामा सवारी साधनहरु ओहोर दोहोर गर्ने उक्त सडकमा तार लत्रिएर दुर्घटना भईरह्यो भन्दा टेलिकम, केवल र ईन्टरनेट कम्पनीहरुले सुनेको नसुन्यै गरेको उक्त क्षेत्रका बासिन्दाहरुको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्