तनहूँ । कृषकको हितको लागि स्थानिय निकायले सक्दो पहल गर्ने व्यास १० र ११ का वडा अध्यक्षको भनाई व्यक्त गर्नुभएको छ । उक्त कुरा व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेल र व्यास ११ का वडा अध्यक्ष दलबहादुर दुराले व्यास १० र ११ मा संचालित सुमित्र गुरुगं पशु तथा कृषि फर्ममा आयोजित बृक्षारोपण कार्यक्रममा उक्त भनाई व्यक्त गर्नुभएको हो । गम्बरसिंह गुरुगंद्धारा संचालित उक्त फर्ममा माछा पोखरी, भैसी फार्म, बाख्रा फार्म, तरकारी खेतिको बारेमा प्रशंसा गर्दै वडा अध्यक्षद्धयले देशमा बस्नुपर्छ भन्ने वातावरण बनाउन गुरुगंजस्ता किसानबाट सबैले सिक्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा वडा नं. ११ का वडा सदस्य रामकृष्ण अधिकारीले गम्बरसिंह झै मेहनत गरे स्वदेशमा नै कमाउन सकिन्छ भनेर सबैले बुझ्न जरुरी रहेको बताउनुभएको थियो । कार्यक्रममा स्थानिय पत्रकार मदन तिमल्सेनाले माछापोखरी, भैसी बाख्रा पालन र तरकारी खेतिमा गम्बरसिंह गुरुगंले निकै मेहनत गरेकोले स्थानिय निकायले वहाँहरु जस्तो किसानको लागि बिशेष सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
उक्त अवसरमा फर्मका संचालक गम्बरसिंह गुरुगंले भेटेरिनरी सेवा केन्द्रबाट पोखरी निर्माणको लागि ५० हजार सहयोग प्राप्त गरेको, माछाका भुराको लागि वडा नं. १० बाट र पाईप खरिदको लागि वडा नंं ११ बाट सहयोग प्राप्त गरेको बताउनुभएको थियो ।


                    



				                               
							
							
							
    
    
    
    
    
    
    

