लियो क्लब अफ तनहूँद्वारा दमौलीमा रक्तदान कार्यक्रम आयोजना

  • ख-
  • ख+

तनहूँ । साउन ६ । लियो क्लब अफ तनहुँको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता लियो कल्ब अफ तनहुँका अध्यक्ष लियो बसन्ती थापाले गर्नु भयको थियो भने प्रमुख आतिथ्यता व्यास नगरपालिका ३ न वार्ड अध्यक्ष अनुप राना ज्युले गर्नु भएको थियो। कार्यक्रमको विशिष्ठ अतिथिको रुपमा लायन्स अन्तर्राष्ट्रिय ३२५ एल नेपालका AOG लायन सरोज भण्डारी , AOG MJF लायन कृष्ण मुरारी मिश्र , रिजन कोर्डिनेटर लायन कृष्णहरि गैर्हे लगायत दमौलीमा रहेका विभिन्न क्लबहरुको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । प्राबिधिक सहयोग नेपाल रेडक्रस जिल्ला कार्य समिती तनहूँले गरेको उक्त रक्तदान कार्यक्रममा ३० पिन्ट रगत पनि संकलन भएको छ ।

कार्यक्रमको सहजीकरण क्लबका सचिब लियो मुकेश बिडारी ले गर्नु भयको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्