तनहूँ /साउन १३ । तनहूँका सामाजिक कार्यमा सकृय रहेको संस्था टिम नेपो तनहूँको शनिबार दमौलीमा पदस्थापना सम्पन्न भएको छ । वर्ष २०२२।२३ का अध्यक्ष रवि अधिकारीले वर्ष २०२३।२४ को अध्यक्षमा पबित्रा भुजेललाई पदस्थापना गराउनुभएको हो । भुजेल टिप नेपो तनहूँको पहिलो महिला अध्यक्ष हुनुनुभएको छ । कार्यक्रममा टिप नेपो गण्डकी प्रदेश संयोजक प्रवेश पण्डितले वर्ष २०२३।२४ कि अध्यक्ष भुजेललाई सपथ ग्रहण गराउनुभएको थियो ।उक्त अवसरमा पण्डितले आगामी वर्षमा पनि संस्थाले सामजिक कार्यलाई जोड दिदै अघि बढनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा टिम नेपो बागमती प्रदेश सयोजक सृस्टि पौडेलले संस्था मार्फत समाजमा आफ्नो पहिचान बनाउन सकिने बताईउनुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष भुजेलले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
वर्ष २०२२।२३ का अध्यक्ष अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व अध्यक्ष मिन कुवर , वोर्ड सदस्य उमेश पौडेल लगायतले संस्थाले गरेका कामहरुको बारेमा भनाई राख्नुभएको थियो ।








